लुम्बिनी प्रादेशिक अस्पताल प्रशासनमा आक्रमण

२३ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


सबलपोस्ट / बुटवल – लुम्बिनी प्रादेशिक अस्पताल प्रशासनमा सटर ब्यबसायीले आक्रमण गरेका छन । आक्रमक ढंगले प्रशासन भित्र छिरेर सटर ब्यबसायीहरुले ढुंगा , मुडा समेत प्रहार गरेका छन ।

आखिर किन भयो यस्तो ? लुम्बिनी प्रादेशिक अस्पतालका सटर ब्यबसायीले खाली गर्न नमानेपछि अस्पतालले डोजर लगाएर हटाएको छ ।
अस्पतालका नाममा केहि ब्यबसायीहरुले सम्झौता अनुसार नै ब्यबसाय संञ्चालन गर्न पाउनु पर्ने भन्दै रुपन्देही जिल्ला अदालतमा मुद्धा जाहेर गरेका थिए । ब्यबसायीको मुद्धाको अदालतले अन्तरकालिन खारेज गरिदिएको थियो । जिल्ला अदालत रुपन्देहीले माघ १९ गतेका दिन यस्तो आदेश गरेपछि अस्पतालले ब्यबसायीलाई ४८ घन्टा भित्र सटर खाली गर्न चेताबनी दिएको थियो ।

अस्पतालले ब्यबसायीलाई पत्र नै दिएर खाली गर्न लगाएको अस्पतालले जनाएको छ। अस्पतालको चेताबनी अटेर गरेपछि अस्पतालले डोजर लगाएर भत्काउन सुरु गरेको अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए । जिल्ला अदालत रुपन्देहीमा परेको मुद्दा उपर अदालतले सटर भत्काउन बाटो खुलाएसँगै अस्पताल बिकास समितिले बुधवार राति १२ बजेसम्म २४ घण्टे अल्टिमेटम दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया