युवा नै विदेश गए कसरी बन्छ देश ?

२३ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


विदेशिएका युवालाई नेपाल ल्याउने कि नल्याउने?नेपालको स्थिति दिनप्रतिदिन विग्रदै जादापनि किन मौन छ सरकार ?के युवा विदेश जानु रहर हो कि बाध्यता ? देश वनाउन पहिला विदेशिएका युवालाई कहिले रोक्छौ कहिले बनाउछौ देश?

युवा विदेश जानु बाध्यता हो ।खाडीमुलुकमा दिनरात मेहनत गर्नुको सट्टा त्यो मेहनत त्यो मेहनत नेपालमा गरे अवश्य विकास हुन्छ देश
तिमीले लगाएको पसिना र लगानी नेपालमा लगाउ पक्कै पनि भोलिका पुस्तालाई तिमीले जस्तै खाडीमुलुकमा पसिना बगाउन पर्ने छैन ।अब हामी विदेशमा होइन स्वदेशमा केही गर्नुपर्छ भन्ने अठोट लिएर लाग्नुपर्छ ।म को भावना हटाएर हामी भनेर लागौँ अवश्य फेरिन्छ देशको मुहार ।

पढेलेखेका हाम्रो देशका लाखौँ युवा साथिहरु ५०/५५ अर्बको खाडिमा भेडा चराउनु पर्ने भाँडा माझ्नुपर्ने नपढेका नेता कुर्सीमा बस्ने बिरामी परे उपचारका लागि विदेश जानु पर्ने यसरी त कसरि फेरिन्छ देशको मुहार? लाखौँ युवा साथिहरु खाडिमा जाँदैमा नेताले भाषण दिँदैमा सरकारि गाडीमा चढ्दैमा देश बन्ने भए यो देश पहिले नै स्विजरल्याण्ड बन्ने थियो । तर त्यसरी त अवश्य बन्दैन देश ।देश बनाउन त युवालाई यही रोजगार दिन सक्नु पर्यो नि !

विदेशमा युवाले देश चलाउँछन् वृद्धलाई पेन्सन दिन्छन् हाम्रो देशमा वृद्धले देश चलाउँछन् युवा लाई टेन्सन दिन्छन् ।यो निति आखिर कहिले सम्म?कति बस्नुपर्ने हो युवालाई खाडिमा?आफ्नो भुमिमा सुन फलाउने सपना बोकेका युवालाई मातृभूमिमा पसिना बगाउन दिनुहोस् सप्रन्छ भूमि बन्छ स्विजरल्याण्ड, नत्र युवा खाडिमै नेता गाडिमै देश भाडिदै जानेछ याद गर्नुहोस्!

बबिता थापा
रिब्दिकोट ०७ बतासे पाल्पा

फेसबुकबाट तपाईको प्रतिक्रिया