सिद्धार्थ कटेजको वार्षिक उत्सव : रक्तदानदेखि भारी छुटसम्म

२३ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


बुटवल  – होटल तथा रेष्टुरेन्ट व्यवसायको क्षेत्रमा आफ्नो नाम स्थापित गर्न सफल सिदार्थ कटेलले २२ औ स्थापना दिवश मनाएको छ । आजभन्दा २२ वर्ष अघि कैलालकिो टिकापुरवाट सेवा प्ररम्भ गरेको कटेजले अहिले देशभरी आफ्नो सेवा विस्तार गरेको छ ।

होटल व्यवसायको क्षेत्रमा फरक पहिचान बनाउन सफल भएको सिदार्थले बुटवलमा बिहिबार रक्तदान तथा शुभकामना आदन प्रदान गरेको छ । सरकारका सचिव टेकनारायण पाण्डेले केक काटेर वार्षिकउत्सवको शुरुवात गरेका थिए । रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा होटल परिसरमा रक्तदान कार्यक्रम गरिएको हो ।

कर्मचारीहरुको सहभागितामा ३५ युनिट रगत संकलन गरिएको सिदार्थ कटेज बुटवलका प्रवन्ध निर्देशक महेन्द्र न्यौपानेले बताउनु भयो । उहांले देशभरीका सिदार्थका शाखामा अलग अलग कार्यक्रम गरि स्थापना दिवश मनाईएको पनि बताउनु भयो ।  बुटवलमा व्यवसायीक सफलता हासिल गरेको सिदार्थले रुपन्देहीको भैरहवामा पनि बृहत योजना सहितको होटल संचालनको अन्तिम तयारीमा पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया