युवाको जक्सन जाभा

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – पछील्लो समय बुटवल आसपासमा थुप्रै रेस्टुरा , होटल , क्याफे खुल्ने क्रम बढ्दै गएका छन । कती खुलेर जम्न पाउदैनन त कतीमा मान्छेको ओइरोले निकै ब्यस्त देखिन्छन ।

छोटो समयमा खुलेर युवाको जक्सननै बनेको छ् , बुटवल लक्ष्मीनगरमा रहेको द जाभा क्याफे एण्ड रेस्ट्रो’ । बिशेष गरी युवा बर्गहरुलाई लक्षित गरी खोलिएको उक्त रेस्ट्रोमा बर्थ डे , विवाह उत्सब लगायतका पार्टी दिनमै परीरहने सञ्चालक अमृत गिरी बताउन्छन । फास्टफुडको केन्द्रबिन्दु नै युवाहरुले उक्त क्याफेलाई बनाएका छन ।

शंकरनगर घर भएका सागर पुरी फास्टफुडको गुणस्तरकै कारण लक्ष्मीनगर आउने गरेको उनी बताउन्छन । पछील्लो समय सेवा लिनुका साथै त्यहाँको आकर्षण के छ भन्ने कुराले दर्साउने हुँदाँ फोटो जोन पनि उक्त क्याफेमा राखिएको छ ।  सेवाग्राही गएर त्यहाँको सेवा लिइसकेपछी आकर्षक फोटो खिच्ने प्रबन्ध रेस्ट्रोमा मिलाइएको छ । बिभिन्न सेसन संगै फोटो सुटको लागि भित्तामा बिभिन्न आकर्षक तस्बिर कोरिएको छ ।

बिभिन्न स्वादका कफिका परीकार , हुक्काका बिभिन्न फ्लेवरले गर्दा युवा बर्गहरुलाई मोहित बनाएको छ । बस्दै कफी तान्दै , हुक्का लिदै सैसाथी संग सामाजिक सञ्जालमा प्रत्यक्ष भीडियो कल गर्दै मज्जा लिने ब्यवस्था समेत उक्त क्याफेमा रहेको छ । १० जना स्टाफ  संगै सञ्चालक आँफै उक्त क्याफेमा राम्रो सेवा दिनकै लागि हौसिएर लाग्ने त्यहाँको बिशेषता हो ।

सेवाग्राहिका लागि पार्किङको राम्रो सुबिधा क्याफेले बन्दोबस्त गरेको छ । धेरै समय सेवाग्राहीको भिडभाडले गर्दा केही असहज हुने सञ्चालक अमृत गिरी बताउन्छन । साथै क्याफेको शाखा कपिलबस्तुको ४ नम्बर क्षेत्रमा सिघ्र सञ्चालनमा ल्याउने जमर्को समेत गरिरहेको उनी बताउन्छन ।

कपिलबस्तु आसपासबाट सेवा लिन आउने सेवाग्राहिको मागलाई लक्षित गर्दै शाखा खोल्न लागिएको उनी बताउन्छन । बिहान ६ बजेदेखी रातको १० बजेसम्म सेवाको प्रबन्ध मिलाइएको छ ।  होम डेलिभरीको ब्यबस्था संगै अन्य ठाउँमा सेवा बिस्तार गर्ने गुरु योजना बनाएको सञ्चालक अमृत गिरीटिका पौडेलले सबलपोस्टलाई बताउन्छन ।