दीपक मनाङेले झापड हानेका मिलन गुरुङ २ लाख धरौटीमा छुटे

२३ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया

File

पोखरा – दीपक मनाङेको झापड खाएका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष मिलन गुरुङ जेलबाट छुटेका छन् । उच्च अदालत पोखराको आदेशमा २ लाख धरौटी तिरेर मिलन छुटेका हुन् ।

मिलनलाई फागुन १९ मा उपस्थित हुने गरि तारेखमा छाडेको उच्च अदालत पोखराका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए । बैकिङ कसुर अन्तर्गतको जाहेरीमा उनलाई प्रहरीले हिरासतमा लिएको थियो ।

यसअघि पोखरामा आयोजित मुख्यमन्त्री कपको उद्घाटन समारोहमा फितलो व्यवस्थापन गरेको र खेलाडिलाई बे वास्ता गरेको अभियोगमा गण्डकी प्रदेशका सांसद दीपक मनाङेले झापड हानेका थिए । मनाङेको झापड खाएपछि मिलनले उजुरी दर्ता गराएका थिए ।प्रहरीले मनाङेलाई ३ दिन हिरासतमा राखेको थियो । उनी साधारण तारिखमा छुटिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया