पत्रकारले लाइसेन्स लिनुपर्ने बुँदा हटाएर मिडिया काउन्सिल विधेयक पारित

२३ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
39 Shares


काठमाडौं – राष्ट्रिय सभाको बैठकबाट मिडिया काउन्सिल विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पेश गरेको प्रस्तावअनुसार सर्वसम्मत रुपमा विधेयक पारित भएको हो ।

यद्यपि, विधियकमा उल्लेख गरिएको पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने सम्बन्धी बुँदा भने विधेयकबाट हटाइएको छ । विधेयकमाथिको छलफलका क्रममा विधायन व्यवस्थापन समितिले पत्रकारले लाइसेन्सको परीक्षा दिनुपर्ने बुँदा थपेको थियो । तर, बिहीबारको बैठकमा राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले उक्त बुँदा हटाएर विधेयक संशोधन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

संशोधन प्रस्तावमा सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले पनि समर्थन जनाएका थिए । बाँस्कोटाको समर्थनपछि विधेयकबाट पत्रकारले लाइसेन्सको परीक्षा दिनुपर्ने बुँदा हटाउने संशोधन प्रस्ताव पारित भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सद्वारा खाद्य सामाग्री प्रदान
  • उपकुलपतिको नियुक्त नहुदाँ पोखरा विश्वविद्यालयमा नेविसंघको रिलेअनसन कायमै
  • एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न
  • अमेरिकामा बस्ने नेपालिलाइ नेपालबाट डलर ल्याउने लैजाने सम्बन्धि जानकारि।
  • मेलम्ची पहिरोमा परी आठ मजदुरको मृत्यु
  • परीक्षा लिन लागेको भन्दै रुपन्देहीका बिद्यार्थी सडकमा
  • गैडहवामा मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत १ सय ८० बिपन्न…
  • आज साउन १९ गते सोमबारको राशिफल
  • जिल्ला संगठन बिभागद्धारा स्थानीय तह र वडा सभापतीहरुकालागि प्रशिक्षण सम्पन्न
  • भलवारी ब्याडमिन्टन क्लवको प्रथम साधारण सभा सम्पन्न