नवलपुरमा बिभिन्न स्थानबाट लागुऔषध सहित ६ जना पक्राउ

प्रकाशित मिति:

इमरान खान / ( नवलपुर )मध्यान्ह –  नवलपुरको बिभिन्न स्थानबाट लागुऔषध सहित ६ जना पक्राउ परेका छन् । प्रहरीले देवचुली १५ प्रगतीनगर स्थिीत धौलागिरि चोक र डण्डामा चेकजाँच गर्ने क्रममा लागूऔषध सहित उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका वडा नम्बर ३ वस्ने सुमित सिल्पकार, सोही स्थानका अमन शाही र अनिल भन्ने हिरा बहादुर घले , गोर्खा पालुङटार वस्ने दिपक गैरे ,तनहुँ व्याँस नगरपालिका वडा नं.१० दमौली वस्ने रितेश सिलवाल र मध्यबिन्दु नगरपालिका वडा नं. ७ बस्ने बर्षे अनुष थापा रहेका छन् । पक्राउ गरिएका मध्ये थापालाई डण्डाबाट पक्राउ गरिएको हो । प्रहरीले उनीहरुको साथबाट २ एम एल दरको लागुऔषध नुफिन ७६ एम्पुल, फेनारागन ७६ एम्पुल, डाईजापाम ७६ एम्पुल बरामद गरेको छ ।

यसैगरि २ एम एल दरको लागुऔषध नुफिन १७२ एम्पुल,फेनारागन १७२ एम्पुल र डाईजापाम १७२ एम्पुल र ४२८ ग्राम गाँजा लागु औषध बरामद गरेको छ । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय नवलपुरको हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।