अमेरिकाले दियो ओमानलाई २१४ रनको लक्ष्य

२३ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं –  आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा अमेरिकाले २१४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा सवै विकेट गुमाएर २१३ रन बनायो ।

अमेरिकाका लागि इयान होल्याण्डले सर्वाधिक ६६ रन बनाउँदा अक्ष होमराज ४४ रनमा पभेलियन फर्किए । मोनाक पटेलले १९ रन बनाए । ओमानका मोहम्मद नदीमले तीन विकेट लिँदा जिसन मक्सुद र अकिव इलियसले दुई दुई विकेट हात पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया