धुर्कोटमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम

प्रकाशित मिति:

सबलपोस्ट/गुल्मी  – मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभूत तालिम धुर्कोट गाउँपालिकामा उद्घाटन भएको छ । विहिवार गाउँपालिकाको सभाहल बर्बोटमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले व्यानर पढी उद्घाटन गर्नुभएको हो । माघ २९ गते सम्म सञ्चालन हुने तालिमममा गाउँपालिका भित्रका सम्पूर्ण वडा का ३ ३ जना प्रतिनिधिहरुको उपस्थिती रहेको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले समाजमा हुने सानातिना विवादहरुहरुलाई मेल मिलापको माध्यमबाट मिलाइ पक्ष र विपक्ष दुवैलाई हार जित नभई दुवैलाई जितको महशुस हुनेगरी मेल मिलाप गराउनका लागि यो तालिमको सञ्चालन गरिएको वताउनु भयो ।

त्यस्तै धुर्कोट गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शिब बहादुर खत्रीले न्यायीक समितिको विषयमा हाल सम्म भएका कार्यक्रमको प्रकास पार्दै यो तालिमले न्यायीक समितीलाई समाजमा न्याय सम्पादन का लागी थप उत्प्रेरणा कायम गर्न सहयोग पुर्यामउने बताउनु भयो ।

४८ घण्टे मेलमिलाप सम्बन्धी आधारभूत तालिमका मुख्य प्रशिक्षक बिंद्धा खनालले सामाजिक एकता र न्याय मेलमिलाप तथा तालिमको कार्ययोजना सम्बन्धमा प्रकास पार्नुभयो । कार्यक्रममा धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काशिराम पन्थी, पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल, पत्रकार महेश वोहोरा, सामुदायिक रेडियो धुर्कोटका बासुदेव पोखरेल लगायतको उपस्थिती रहेको थियो । न्यायीक समिति सदस्य कमला घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम धुर्कोट गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक शिव बहादुर खत्रीको अध्यक्षता तथा खड्क बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

थप समाचार