निशुल्क विवाहको लक्ष्य सहित मर्चवारमा महायज्ञ आयोजना हुने

प्रकाशित मिति:

भैरहवा / दाईजो एवम बालविवाहल ग्रसित मधेशी समाजमा दाईजा रहित तथा बालविवाह मुक्त विवाहबारे जनचेतना फैलाउने उद्देश्यका साथ मर्चवारमा सामुहिक विवाहको आयोजना हुने भएको छ ।
मर्चवारको म्मरीमाई गाउँपालिका वडा नम्बर ५ रोईनिहवामा १ सय १ जोडीको निशुल्क विवाह गर्ने उद्देश्य सहित निरामय एवम जगत कल्याणर्थ महामृत्युन्जय मन्त्रजाप एवम रुद्राभिषेक यज्ञ आयोजना हुने भएको छ । बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले सामुहिक विवाहबारे जानकारी दिएका छन् । फागुन ३ गते देअी सुरु हुने यज्ञमा १ सय १ जोडीको विवाह गर्ने लक्ष्य राखिएकाृ आयोजकले बताए । आयोजकका तर्फबाट स्थानिय अशोक तिवारीले दाईजो रहित एवम बालविवाह मुक्त सामुहिक विवाहको आयोजना गर्ने बताए । उनले यसको लागी २ जोडी हिन्दु तथा १ जोडी मुस्लिम समुदायका बर बधु सम्पर्कमा समेत आई सकेको बताए । फागुन ८ गते हुने उक्त विवाह क्षेत्रकै नमूना विवाहको रुपमा हुने आयोजकले दावी गरेका छन् । हिन्दुहरुको विवाहको लागी भारतको अयोध्याबाट तथा मुस्लिम समुदायको स्थानिय मौलानाहरुद्धारा बिवाह बिधि सम्पन्न गरिने छ ।

विवाहमा आयोजकका तर्फबाट नै एक थान पलङ्ग, दराज, बाकस, मेच आदि दैनिक उपभोगका घरायसी सामाग्री प्रदान गरिने छ । यस्तो सामाग्रीको लागी स्थानिय दाताहरु समेत तयार गरिएको आयोजक समितिका अध्यक्ष बंश गोपाल पाठकले जानकारी दिए । आदर्श एवम मर्यादाको स्थापना संगै नारी सम्मानको लागी सचेतना र प्रकृति र संस्कृतिको रक्षाको लागी यज्ञ आयोजना गरिएको स्थानिय अशोक तिवारीले बताए ।पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सभा सदस्य अष्ठभुजा पाठकले यस्तो नमूना सामुहिक विवाह कार्यक्रम देशमै नमूना योग्य हुने बताए । उनले हिन्दु र मुस्लिम समुदायको बर बधुको विवाह एउटै मण्डपमा आयोजना हुनु नै यस क्षेत्रमा रहेको धार्मिक सहिष्णुताको नमूना योग्य रहेको सन्देश दिने जिकिर गरे । फागुन ३ गते देखी साताब्यापी रुपमा हुने यज्ञमा १ लाख २५ हजार महामृत्युञ्जय यज्ञ, रामनाम लिखित ११ हजार वटा बेलपत्र अर्पण, सातै दिन रुद्राभिषेक, सन्त भण्डारा, सामुहिक विवाह एवम भण्डारा तथा प्रसाद ग्रहण कार्यक्रम रहेको सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्रवण कुमार यादवले बताए । यज्ञ समितिका अध्यक्ष बंश गोपाल गुप्ताको अध्यक्षता तथा प्रदेश सभा सदस्य अष्ठभुजा पाठकको प्रमुख आथित्यतामा सम्पन्न पत्रकार सम्मेलनमा स्थानिय समाजसेवी सहाबुद्दिन देवान, विश्व हिन्दु परिषदका सचिव दिपक लोध, युगल किशोर त्रिपाठी लगायतले पत्रकारको जिज्ञासाको उत्तर दिएका थिए । कार्यक्रमको सञ्चालन रामानुज प्रसाद त्रिपाठीले गरेका थिए ।