राष्ट्रिय सभा सदस्य शर्माद्धारा प्याड वितरण

२३ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


सुर्खेत/राष्ट्रिय सभा सदस्य नन्दा शर्माले विद्यापुर जनता बहुमुखी क्याम्पस पञ्चपुरीमा प्याड वितरण गरेकी छन् । ‘क्याम्पसमा लामो समय देखि प्याडको अभाव रहेको भन्ने जानकारी पाएपछि व्यक्तिगत लगानीमा मैले एकवर्ष सम्मका लागि प्याड वितरण गरेकी हुँ ।’ सदस्य शर्माले भनिन्,’सेनेटरी प्याड वितरण संगै क्याम्पसमा महिनावारी भएका बेला बिश्राम कक्षको पनि आवश्यकता पर्ने भएकोले अगामी वर्षमा यसका लागि पहल गर्ने छुँ ।शिक्षा जस्तो महत्वपुर्ण क्षेत्रमा सिक्ने राम्रो वातावरण नभए प्रभावकारी नहुने उनको भनाई छ ।

क्याम्पसमा बारम्बार प्याडको अभाव हुन थालेपछि छात्रा साथीहरुलाई समस्या आएपछि आफुले राट्रिय सभा सदस्य शर्मालाई भनेपछि समस्या समाधान भएको विद्यार्थी नेता तपेन्द्र विसीले बताए । क्याम्पसका विभिन्न समस्याहरु भएका कारण अन्य क्याम्पस जस्तै व्यवस्थापन गर्नका लागि दाताहरुको सहयोग आवश्यक परेको क्याम्पस प्रमुख डिल्लीराम भण्डारीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया