चलचित्र पत्रकार संघ रुपन्देहीमा नया कार्यसमिति चयन

प्रकाशित मिति:

बुटवल / चलचित्र क्षेत्रको समग्र बिकाशका लागि चलचित्र पत्रकार र चलचित्रकर्मी बिचको सम्बन्ध  नङ्ग र मासुको जस्तै हुनुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । बिहिबार सम्पन्न चलचित्र पत्रकार संघ रुपन्देहीको दोस्रो बार्षिक साधारण सभाको अवसरमा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएकाहुन् ।सो अवसरमा बोल्दै प्रमुखअतिथि नेपाल चलचित्र संघका पश्चिमाञ्चल सभापति ओम कुमार जैशीले चलचित्रहल , फिल्म र चलचित्र पत्रकार एक अर्कामा परिपुरक रहेकोले समग्र बिकाशलाई मध्यनजर गर्दै कलम चलाउन आग्रह गरेका छन् । उनले सबै नया निर्बा्चित पदाधिकारीलाइ आगामी कार्यकालको सफलताको शुभकामना समेत दिए ।

सो कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय सचिव बैकुण्ठ राज पराजुलीले चलचित्र क्षेत्र र पर्यटन क्षेत्रको समग्र बिकाशलाई चलचित्र पत्रकारहरुले मनोरंजन पत्रकारिताको माध्यमबाट कलम चलाइरहेको बताएका छन् । उनले देशभरी छरिएर रहेका चलचित्र पत्रकारहरुलाई एउटै छाना मुनि ल्याउन केन्द्रिय तहबाटै पहलगरिएको जानकारी गराएका छन् ।चलचित्र पत्रकार संघ रुपन्देहीको दोस्रो वार्षीक साधारण सभा तथाअधिवेशन आज बुटवलमा सम्पन्नभएको छ । दोश्रो बार्षिक साधारण सभा तथाअधिवेशनले सर्वसम्वत रुपमापुनः सुमन श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । जसको उपाध्यक्षमा सञ्जय सौगात, सचिवमा मोहन न्यौपाने, सह–सचिवमा राजिब भुषाल र कोषाध्यक्षमा रमेश अर्याल र सदस्यहरुमा रविन्द्र गुप्ता, दिनेश श्रेष्ठ, फुलु सुनार र कपिलअधिकारी निर्वा्चितभएका छन् । त्यस्तै कृष्ण खनाल र कृष्ण भण्डारी मनोनित सदस्यमा चयनभएका छन् । नेपाल चलचित्र संघका पश्चिमाञ्चल सभापति ओम कुमार जैसीको प्रमुख-आतिथ्यता र चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय सचिव बैकुण्ठराज पराजुलीको विशिष्ठ अथित्यतामा भएको अधिवेशनमा नेपालपत्रकार महासंघका सह सचिव तथा प्रेस संगठनका जिल्ला सह–संयोजककमल रायमाझी, प्रेस युनियनका रुपन्देही सभापति रेखा भुषाल लगायतले निर्बा्चित सबैलाई बधाई तथा शुभकामना दिएकाथिए ।सस्थाले हालसम्म गरेका गतिविधिको कार्यप्रगति प्रस्तुत गर्दै सस्थाका सचिव रमेश अर्यालले सहयोगी सबैमा धन्यबाद ज्ञापन गर्नुभएको थियो ।त्यस्तै कार्यवाहक कोषाध्यक्ष मोहनन्यौपानेले २०७४ जेष्ठदेखि २०७६ पौष मसान्त सम्मको ६० हजार ५ सय बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए । सस्थाका कोशाध्यक्ष मोहन न्यौपानेको स्वागत मन्तब्य बाट शुरु सो कार्यक्रमको सचिब रमेश आर्यालले सञ्चालन गरेकाथिए।