पर्या पर्यटनको प्रबर्द्धनका लागि ताल महोत्सवको उद्घाटन भोली हुने 

प्रकाशित मिति:

कन्चन /सिमसारको संरक्षण उधमशिलता र पर्या-पर्यटनको प्रबद्धनूभन्ने अभियान सहित कञ्चन गाउपालिकामा रहेको गजेडी दानापुरतालको पर्यटन प्रबर्द्धन र नेपाल भ्रमण वर्ष २०२०लाई सफल बनाउन संचालन हुने ११ औं कञ्चन गजेडी दानापुरताल महोत्सब २०७६ भोली देखि शुरु हुदैछ।समयमायी सामुदायिक बन उपभोक्ता समूह,कञ्चन १,गजेडी दानापुरतालको आयोजनामा संचालन हुन लागेको महोत्सबको उद्घघाटन रुपन्देही क्षेत्र नं।५ ९क० का सांसद भुमिश्वर ढकालले गर्ने भएकाछन। माघ २४ गते देखि फागुन ७ गते सम्म १३ दिन संचालन हुने महोत्सबमा कृषि उत्पादन र उधोग ब्यबसायलाई प्रबर्ध्दन गरिने र करिब ५ करोड बराबरको कारोबार हुने महोत्सब ब्यबस्थापक श्रीराज तिमिल्सिनाले बताएका छन।

महोत्सबमा ऐतिहासिक खेल बाघचाल, बुद्धिचाल प्रतियोगिता र खाना पकाउने मास्टरसेफ प्रतियोगिता मुख्य आकर्षणको रुपमा रहने आयोजक संस्थाका अध्यक्ष मीन बहादुर थापाले बताउनु भएकोछ।बिधार्थीहरुक लागि बौद्धिक लडाईको रुपमा हेरिने ऐतिहासिक खेललाई प्रचार प्रसार गर्ने उद्देश्यका साथ बाघचाल प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष थापाले बताउनु भएकोछ।यसबाहेक महोत्सबमा बिधालय स्तरिय नृत्य प्रतियोगिता,जोडी नृत्य प्रतियोगिता,सैनामैना र कञ्चन गाउपालिका स्तरिय ब्याड मिण्टन प्रतियोगिता र कञ्चन गाउपालिका स्तरिय भलिबल प्रतियोगिता समेत हुने छ ।स्थानिय कला संस्कृतिको सम्बर्धन र संरक्षणका लागि महोत्सबमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति संगै सामजिक अभियानको रुपमा कार्य गर्दै आईरहेको एबिसी टेलिभिजनको ईन्द्रेणीको समुह र पछिल्लो पटक कला क्षेत्रमा फरक पहिचान बनाउन सफल बाल गायिका कमला घिमिरेको समेत विशेष प्रस्तुती रहने महोत्सबमा करिब १ सय ५० स्टल र बाध ऊधान हुने ब्यबस्थापक तिमिल्सिनाले बताएकाछन।

दानापुरतालको भ्रमण आएपछि दानापुरको स्मरणीय केन्द्र के हो त भन्ने कुरालाई गुरुयोजनामा समाबेस गरिएको र दानापुरताललाई महत्वपुर्ण केन्द्र बनाउन र राज्यको आखा दानापुरतालमा दृष्टि परोस र सरोकारको बिषय बनी दानापुरको सुन्दरतालाई प्रचार गर्नकै लागि महोत्सबको आयोजना गरिएको र सो उद्धेश्य पूरा हुने कुरामा बिश्वास अध्यक्ष थापाले बताएकाछन।।महोत्सबमा बिक्री हुने प्रबेश टिकटको मुल्यको ५ रुपैया आबिस्कार केन्द्र,सामाजिक सुरक्षा,बन्यजन्तु संरक्षण कोष,स्थानिय संघस्था, र पर्यटन बोर्डका लागि कोष छुट्टाइने र महोत्सबको रौनकतालाई वृद्धि गर्न उद्घघाटनको दिन बिधालय,संघसंस्था,क्लब र आमा समूह विभिन्न टोल बिकास संस्थाहरुबाट सांस्कृतिक झांकी सहित र्याली हुने आयोजकले बताएकोछ भने र्यालीमा सहभागी झांकीहरु मध्ये उत्कृष्ट संस्थालाई प्रोत्साहन गर्न लाई पुरस्कारको ब्यब्स्था गरिएको समेत ब्यबस्थापक तिमिल्सेनाले बताएका छन।खुल्ला गायनका लागि १६ जना प्रतिस्पर्धी छनौट-यसैगरी ११ औं कञ्चन गजेडी दानापुरताल महोत्सब २०७६ मा खुल्ला गायन प्रतियोगिताका लागि आज भएको अडिसन राउण्डबाट १५ जना प्रतिस्पर्धीहरु महोत्सबमा प्रतिस्पर्धा गर्नका लागि छनौट भएका सांस्कृतिक फांट अन्तर्गत गायन तर्फका संयोजक राजन शर्माले जानकारी दिएका छन।प्रतिस्पर्धीहरु कञ्चन,सैनामैना, गैडहवा र बुटवलवाट प्रतिस्पर्धीहरुले मनोनयन गरेकोमा अन्तिम प्रतिस्पर्धामा छनौट भएका छन।