रिन्छेन छ्योलिङ गुम्बामा ङ्युने ब्रत शुरु

२३ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


धरान –  हिमालय महायान् रिन्छेन् छ्योलिङ बुद्धिष्ट गुम्बा, धरान ८ मा ङ्युने ब्रत शुरु भएको छ । बौद्ध धर्ममा ङ्युने ब्रतलाई विशेष महत्वका साथ गरिने चलन रहेको छ । यो ब्रत देवातरणको समयमा हरेक वर्ष गर्ने गरिन्छ । भगवान बुद्धले देवलोकमा रहेको आफ्नो मातालाई धार्मिक प्रवचन दिएर मनुष्य लोकमा आएको समयलाई देवातरण (लावाप दुईछेन) भनिन्छ । यही देव अवतरणको समयमा पुर्णिमा, औंशी, दशमी र अष्टमी जस्ता तिथि पारेर निराहार ङ्युने ब्रत बस्ने परम्परा रहेको गुम्बाका खेन रिम्पोछे तेन्जिङ वाइवाले बताए । यो ब्रत बस्नाले मन तथा आत्मा, वचन र शरीर शुद्ध हुने तथा दुर्गतीको पापवाट मुक्ति मिल्ने, नर्क लोक, प्रेत लोक र पशु लोकको दुःखवाट मुक्ति पाउने विश्वास रही आएको खेन रिम्पोछे वाइवाले बताए ।

तीन कल्प अर्थात दुईलाख चालिस हजार वर्षको पापवाट मुक्ति मिल्ने भएकाले बौद्ध धर्मावलम्वीहरुले यस ब्रतलाई महत्वका साथ लिने गरेको गुम्बाका संरक्षक मैतबहादुर तामाङले बताए । यो ब्रत पञ्चशील र अष्टशीलका लागि समेत लिइनुका सार्थै दिवंगत प्राणीहरुको मुक्ति र जीवीत प्राणीहरुको रक्षाका लागि पनि बस्ने गरिएको गुम्बा अध्यक्ष हर्कबहादुर तामाङले बताए ।पछिल्लो समयमा बौद्ध धर्मवालम्वीहरुमा आएको धार्मिक चेतनाका कारण यो ब्रत बस्नेहरुको संख्या प्रत्येक वर्ष वृद्धि हुंदै गएको नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र तामाङले बताए ।२० गतेवाट शुरु भई २८ गते ९ दिनसम्म चल्ने यस ब्रतमा तीनसय बढी झत्तजनहरुले ब्रत लिने र हजारौंले लुङ र वाङ लिने संयोजक सुदिप योल्मोले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया