गाउँमा प्राबिधिक शिक्षालय स्थापना गर्नका लागि मन्त्रालयले भरपुर सहयोग गर्ने : मन्त्री बराल

प्रकाशित मिति:

 

रमेश वि.क.

गुल्मी ।

प्रदेश नं. ५ सामाजिक बिकास मन्त्री शुर्दशन बरालले गाउँमा प्राबिधिक शिक्षालय स्थापना गर्नका लागि मन्त्रालयले भरपुर सहयोग गर्ने बताएका छन ।

गुल्मीको ईश्मा गाउँपालिका वडा नं २ मा अवस्थित पालुखा माध्यमिक विद्यालयमा कक्षा ११ र १२ संचालनका लागि सोमबार देखि सुरु भएको शैक्षिक तथा धार्मिक महोत्सबको उदघाटन गर्दै मन्त्री बरालले प्राबिधिक शिक्षालय स्थापना गर्नका लागि मन्त्रालयले भरपुर सहयोग गर्ने बताएका छन ।

प्रदेश नं ५ को सरकारले पनि अहिले गाउँदेखी शहरसम्म सुबिधा सम्पन्न प्रबिधिको माध्यमले नै जोड्न सकिने भएकाले त्यसको पनि गृहकार्य मन्त्रालयले गरिरहेको बताएका छन् । गाउँ र शहरलाई जोडने माध्यम भनेकै प्रबिधि हो यसलाई मन्त्रालयले गम्भिरताका साथ लिएको बताएका छन ।

मुलुकको साधारण शिक्षा संगसंगै प्राबिधिक शिक्षा अहिलेको आबश्यकता भएकाले गाउँघरमै कृषि जे.टि.ए. लगायतका प्राबिधिक शिक्षालाई बिस्तार गरि बर्तमान समयमा युवाहरुले सिरानीमा सर्टिफिकेट राखेर बेरोजगार छौ भन्ने अबस्थाको अन्त्य गर्ने गरि प्रदेश सरकारले कार्य गरिरहेको जानकारी दिएका छन ।

अब गाउँका विद्यालयमा बिज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशालाहरुलाई मध्यनजर राख्दै प्रबिधिसंग जोड्ने अबको शिक्षा आबश्यकता भएकाले प्राबिधिक शिक्षा लाई नै जोड दिई देशमा बिधमान बेरोजगारलाई अन्त्य गर्न सक्ने आधार भएको बताएका छन ।

शैक्षिक तथा धार्मिक महोत्सबाट उठेको रकमलाई सहि सदुपयोग गरि प्राबिधिक शिक्षा स्थापना गर्न र स्थानीय सरकारसंगको सहकार्यलाई जोड दिई प्राबिधिक शिक्षा लिनका लागि युवा युबतीहरुलाई शहर जान बाध्य हुने अबस्थाको अन्तय गर्न समेत मन्त्री बरालले सुझाब दिएका छन् ।

२२ गते सोमबार देखी सुरु भएको शैक्षिक तथा धार्मिक महोत्सब ३० गतेसम्म संचालन हुने धार्मिक महोत्सब मुल समारोह समितिले जनाएका छ ।