रेसुङ्गा बहुमुखी क्याम्पसमा ने.वि.संघले लगायो स्ववियू उम्मेदवारको टुङ्गो

२३ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


सूर्य खनाल / गुल्मी – नेपाल विद्यार्थी संघ गुल्मीले रेसुङ्गा बहुमुखी क्याम्पसको स्ववियू चुनावका लागि चरणबद्ध रुपमा उम्मेदवारको टुङ्गो लगाउने भएको छ । केहि दिन अगाडी स्ववियू सभापति र सचिवका लागि उम्मेदवारको चयन गरेको ने.वि.संघ गुल्मीले आज बसेको अर्काे बैठक द्धारा कोषाध्यक्ष र एक सदस्य समेत चयन गरेको छ । कोषाध्यक्ष पदका लागि गोमा मरासिनी र एक सदस्य कमल भुजेललाई स्ववियू चुनावका लागि चयन गरेको नेपाल विद्यार्थी संघ गुल्मीका नेता एवम रेसुङ्गा बहुमुखि क्याम्पसका निर्वतमान इकाई सभापति समेत रहेका पुनाराम घिमिरेले बताएका छन । कोषाध्यक्ष पदकी उम्मेदवार गोमा मरासिनी छत्रदेव गाउँपालिका वडा नम्बर ८ कि हुन हाल उनी रेसुङ्गा बहुमुखि क्याम्पसमा वि.एड पहिलो बर्षमा अध्यनरत छिन ।

त्यस्तै सदस्य पदका उम्मेदवार कमल भुजेल रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का हुन उनी हाल सोहि क्याम्पसमा विविएस तेस्रो वर्षमा अध्यनरत विद्यार्थी हुन । सकेसम्म सवै विद्यार्थीहरुको प्रतिनिधित्व हुने गरि भेग र अन्य विविध कुराहरुलाई मध्य नजर गरि उम्मेदवारको टुङ्गो लगाएको र बाकी पदहरुलाई पनि सोहि आधारमा टुङ्गो लगाउने नेपाल विद्यार्थी संघ गुल्मीले जानकारी दिएको छ ।लामो समय विद्यार्थी राजनीति र सामाजिक आन्दोलनमा अग्रसर राम प्रसाद (रामजी) पन्थी सभापति पदका उम्मेदवार र शारिरिक रुपमा अशक्त भएपनि निरन्तर विद्यार्थी अधिकारका लागि अपाङ्गहरुका लागि र न्यून आर्थिक अवस्था भएका विद्यार्थीका लागि संघर्ष गर्दै आएका विद्यार्थी नेता पुनाराम घिमिरे सचिव पदका लागि उम्मेदवार घोषणा यस अघि नै भइसकेका छन । फरक पेसा अंगाल्दै आएका विद्यार्थी वर्गबाट भन्दा पनि विद्यार्थीकै अधिकारको निम्ती संघर्ष गर्दै आएका विद्यार्थी नेताहरुलाई नै स्ववियूका लागि उम्मेदवार बनाउने नेविसंघ गुल्मीको निर्णय अनुरुप रेसुङ्गा बहुमुखी क्याम्पसमा स्ववियू उम्मेदवारको छनौट गरिएको नेपाल विद्यार्थी संघ गुल्मीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया