शहीद स्मारक ए डिभिजन लिग : आज संकटा र थ्रीस्टार तथा पुलिस र ब्रिगेड भिड्दै

प्रकाशित मिति:

काठमाडौं/ शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज शुक्रबार दुई खेल हुदैछ ।पहिलो खेलमा गत सिजनको उपविजेता संकटा र उपाधि होडबाट बाहिरिएको घोषणा गरेको थ्री स्टार भिड्नेछन् । थ्री स्टार १७ अंक सहित चौथो र संकटा १५ अक सहित लिगको पाँचौ स्थानमा छ ।दुवै टीम शीर्ष ६ मा रहँदै राष्ट्रिय लिगका लागि आफुलाई तयार पार्न चाहन्छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहान साढे ११ बजे शुरु हुनेछ ।

दोस्रो खेलमा पुलिस र ब्रिगेड भिड्ने छन् । पुलिस शीर्ष ६ मा आफुलाई सुरक्षित गर्ने दाउमा हुनेछ भने ब्रिगेड रेलिगेशन जोनबाट आफुलाई सुरक्षित राख्न चाहन्छ ।पुलिस १४ अंक सहित आठौं र ब्रिगेड ८ अंक सहित ११ औ स्थानमा छ ।