व्यवसायीक संघ सस्था र उद्योगिहरुसंग अन्तरक्रिया

प्रकाशित मिति:

बुटवल, २१ असोज । बुटवलको रामनगरमा निर्माणाधिन अन्तरराष्टिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्रको वातावरणीय प्रभाव मुल्याकंन (ईआईए) प्रतिवेदनका सम्वन्धमा आज बुटवलमा व्यवसायीक संघ सस्था र उद्योगिहरुसंग अन्तरक्रिया गरीएको छ ।
बुटवल उद्योग वाणिज्य संघको सचिवालयमा भएको कार्यक्रममा वातावरणीय प्रभाव मुल्याकंन गरीरहेको लुम्विनी महाबिल्डर्स सर्भिसेजका बीज्ञहरुले अन्तररामष्टिय सम्मेलन केन्द्र र प्रर्दशनी केन्द्रमा बन्ने संरचना र त्यसले यस क्षेत्रको बिकासमा पार्ने प्रभावका सम्वन्धमा जानकारी गराएका थिए ।
सर्भिसेजका बीज्ञ तेज कुमार श्रेष्ठले सम्मेलन केन्द्र र प्रर्दशनी केन्द्रलाई अन्तरराष्टिय स्तरको बन्ने जानकारी गराउदै यसले वातावरणमा पार्ने असरका सम्वन्धमा कुनै गुनासो भए मौखिक वा लिखित जुनसुकै तवरबाट पनि सुझाव दिन सक्ने बताउनु भयो ।
कार्यक्रममा सहभागिहरुले सम्मेलनको काम धेरै अधि बढीसकेको अवस्थामा यसको निर्माणले वातावरणमा पार्ने प्रभावका सम्वन्धमा छलफल गर्नु भन्दा वातावरण नबिग्रने गरी वा प्रभाव कम हुने गरी निर्माण गर्नुपर्ने बताएका थिए ।
उनीहरुले सम्मेलन केन्द्र र प्रर्दशनी केन्द्र बनाउदा कम्तीमा ५० वर्षसम्मलाई ध्यान दिनुपर्ने बताए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले बुटवलमा टाफिक समस्या बढदै गएकाले केन्द्रमा पर्याप्त पार्किगंको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।
रुपन्देही व्यापार संघका महासचिव प्रकाश ढकालले सम्मेलन केन्द्रमा अन्तरराष्टिय स्तरका कार्यक्रम हुदा बिशिष्ट व्यक्ति आउदा बुटवल भैरहवा सडकको बैकल्पिक व्यवस्था गर्नुपर्ने बताउनु भयो ।
उद्योग व्यापार संघ बुटवलका उपाध्यक्ष गोबिन्द गैरेले प्रर्दशनी केन्द्रलाई साना ठुला सबै खालका प्रदर्शनी आयोजना गर्न मिल्ने गरी बनाउनु पर्ने बताउनु भयो ।
हेटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका महासचिव प्रकाश माधव कुमार खनालले राष्टिय गौरवका यस्ता आयोजनालाई जग्गा अभाव हुन सक्ने भएकाले सकेसम्म अहिले नै थप जग्गाको व्यवस्थापन गर्न सके उपयुक्त हुने बताउनु भयो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष ज्ञानेन्द्र कसजू र नवराज श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू, कार्यसमिति सदस्य बसन्त ढकाल, परामर्शदाता रत्नहरी गौतम लगायतले सुझाव दिनु भएको थियो ।