‘तपस्वी’ रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरी सिन्धुलीस्थित

सिन्धुली – आनी र अनुयायीलाई वेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बम्जनलाई पक्राउ गर्न प्रहरी टोली सिन्धुलीस्थित उनको आश्रममा पुगेको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डिएसपी श्यामबहादुर खत्रीले आफूहरु जंगलको बीचमा रहेको बमजनको आश्रममा आएको बताए ।खत्रीले भने, ‘हामीहरु आश्रममा आएका छौं, तर उनलाई (बमजन)लाई फेला पारेका छैनौं ।’जिल्ला अदालत सर्लाहीले बमजनलाई पक्राउ गर्न प्रहरीलाई बिहीबार अनुमति दिएको थियो ।
बमजनमाथि आश्रमबाटै आनी र अनुयायीहरु वेपत्ता पारेको आरोप लागेको छ । सर्लाहीकी रिता वोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फूलमाया रूम्बा, सुरेश आलेमगर र सञ्चमान वाइवा बेपत्ता रहेको स्थानीयको भनाइ छ । व्यक्ति वेपत्ताको सूचना पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।यसअघि गत वर्ष पुसमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले इन्द्रावती गाउँपालिका-६ स्थित आश्रममा पनि छापा मारेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया