दिल्लीस्थित अमेरिकी दूतावास हातामा पाँच वर्षीया बालिका बलात्कृत, एक भारतीय युवक पक्राउ

प्रकाशित मिति:

भारतको राजधानी दिल्लीस्थित अमेरिकी दूतावासको हाताभित्र पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक २५ वर्षीय युवक पक्राउ परेका छन्। बालिकाका अभिभावकले प्रहरीमा उजुरी दर्ता गरेपछि ती युवकलाई आइतवार पक्राउ गरिएको प्रहरीले समाचारसंस्था पीटीआईलाई बताएको छ। घटना शनिवार बिहान भएको बताइएको छ। परीक्षणमा ती बालिका बलात्कृत भएको पुष्टि भएको चिकित्सकहरूले बताएका छन्। पीडित बालिकाको स्वास्थ्य अवस्था स्थिर छ। उनका बुवा दूतावासमा काम गर्थे र परिवार दूतावास हाताभित्रै बस्थ्यो।

पारिवारिक चिनजान – बलात्कारको आरोप लागेका व्यक्तिका बुवा पनि दूतावासका कर्मचारी भएको बताइएको छ। आरोपित युवक चालक भएको तर दूतावासको कर्मचारी नभए पनि बुवासँगै दूतावास हातास्थित कर्मचारी आवासमा बस्ने गरेको प्रहरीले जनाएको छ। दिल्लीको केन्द्रमा रहेको चाणक्यपुरीस्थित कूटनीतिक क्षेत्रमा अमेरिकी दूतावास छ। कडा सुरक्षा रहेको दूतावास २८ एकडमा फैलिएको छ। त्यहाँ स्थानीय कर्मचारीहरू पनि काम गर्छन्।

महिलाका लागि भारत कति सुरक्षित? भाजपाका पूर्वविधायकलाई बलात्कारसम्बन्धी मुद्दामा जन्मकैद हिन्दुस्तान टाइम्स समाचारपत्रलाई अनुसन्धानकर्ताहरूले बताएअनुसार आरोपित र पीडितका परिवारको राम्रो चिनजान थियो।

बालिकालाई बाहिर खेलिरहेको देखेपछि ती युवकले लोभ्याएर आफ्नो घरमा लगेका थिए। त्यति बेला आरोपितका अभिभावकहरू बाहिर थिए। बालिकाले घर फर्किएपछि उक्त घटनाबारे आफ्नी आमालाई बताएकी थिइन्। त्यसलगत्तै उनलाई अस्पताल लगियो। परीक्षण गर्दा उनी बलात्कृत भएको पुष्टि चिकित्सकहरूले गरेको प्रहरीले बताएको छ।

मृत्युदण्डको व्यवस्था प्रहरीले ती व्यक्तिविरुद्ध भारतको बालिका सुरक्षासम्बन्धी कडा कानुनअन्तर्गत अनुसन्धान भइरहेको जनाएको छ। एक आठ वर्षीया बालिकाको बलात्कारपछि हत्या र १६ वर्षीया किशोरीको बलात्कार भएको घटनाले चर्को विरोध निम्त्याएपछि सरकारले सन् २०१८ मा बालिका बलात्कार गर्नेविरुद्ध मृत्युदण्ड लागु गरेको थियो।

निर्भया बलात्कारको सात वर्षपछि भारतमा भएको परिवर्तन – भारतमा ‘बलात्कार सङ्कट’ देखा पर्नुका कारण भारतको पछिल्लो अपराध तथ्याङ्कअनुसार प्रत्येक चौथो बलात्कारका पीडित बालिका हुन्छन्। बलात्कारका घटनामा ९४ प्रतिशत पीडितले अपराधीलाई चिनेका हुन्छन्।

प्रमुख घटना दिल्लीमा सन् २०१२ मा यात्रुवाहक बसभित्र एक विद्यार्थीको सामूहिक बलात्कार र हत्यापछि यौन हिंसालाई सम्बोधन गर्ने भारतको निकै दयनीय प्रणाली उजागर गरिदिएको थियो। त्यस घटनाले ठूलो विरोध निम्त्याउनुका साथै बलात्कारसम्बन्धी देशको कानुन परिवर्तन गरिदिएको थियो। गत नोभेम्बर महिनामा दक्षिणी सहर हैदराबादमा एक २७ वर्षीया पशुचिकित्सकको बलात्कार र हत्याले पनि विश्वव्यापी चर्चामा आएको थियो भने त्यसलाई लिएर ठूला प्रदर्शनहरू भएका थिए। -बिबिसी