रामबहादुर बमजनलाई पक्राउ गर्न सिन्धुली पुगेकाे प्रहरी खाली हात फर्कियो

प्रकाशित मिति:

काठमाडौं – ‘लिटल बुद्ध’का नामले परिचित तपस्वी रामबहादुर बमजन सिन्धुलीस्थित आश्रमबाट फरार भएका छन् ।

सिन्धुलीमाडीस्थित आश्रममा पुगेको प्रहरी टोलीले बमजनका मुख्य सहयोगी तोप्चन गरुमार्ग गुरुका नामले चिनिएका ज्ञानबहादुर बम्जनलाई नियन्त्रणमा लिएको छ । बमजन सोही आश्रममा भएको आशंकामा पुगेको प्रहरीले उनका सहयोगी ज्ञानबहादुरलाई मात्र फेला पारेको हो ।

बमजनविरुद्ध आश्रमबाट अनुयायी बेपत्ता पारेको उजुरी परेको छ । चार जना अभिभावकले आश्रममा गएका आफ्ना सन्तान अझैँसम्म बेपत्ता रहेको भनी प्रहरीमा उजुरी दिएका छन् ।