करदाता सेवा कार्यालय सन्धिखर्क र तौलिहवामा स्थापना हुने

प्रकाशित मिति:

इमरान खान/कपिलवस्तु –  कर तिर्न भन्दै आफ्नो व्यबसाय नै बन्द गरि कृष्णनगर धाउनु पर्ने बाध्यतामा रहेका व्यवसायिलाई राहत मिल्ने भएको छ। उद्योगी व्यवसायीहरुको सेवालाई मध्यनजर गरी फागुन मसान्त भित्र अनिवार्य रुपमा लागु हुने गरी मन्त्रालयले करदाता सेवा कार्यालय खोल्न लागेको छ ।

आन्तरिक राजस्व कार्यालय कृष्णनगरको करदाता सेवा कार्यालय तौलिहवा र सन्धिखर्कामा विस्तार हुने भएपछि व्यवसायीलाई राहत मिल्ने भएको हो । नेपाल सरकार मन्त्रिपरिषद् को निर्णयानुसार ग्राहकको सेवालाई मध्यनजर गर्दै सो स्थानमा करदाता सेवा कार्यालय स्थापना तथा स्तरोन्नति गर्ने निर्णय भएको छ ।

आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख पुर्ण प्रसाद न्यौपानेले बताए । कार्यालयमा वैंक काउण्टर संचालन गरेर कर बुझाउन आउने करदातालाई सहज भएको बनाएको र कार्यालयमा विचौलियाको अन्त्य भएको स्पष्ट पार्नुभयो । १ जना कर अधिकृतको मतहतमा करदाता सेवा कार्यालयको जिम्मेवारीमा स्थापना हुन लागेको हो ।