कपिलवस्तुको तौलिहवामा सिसिटिभि जडान हुदै

प्रकाशित मिति:

इमरान खान/कपिलवस्तु – ५ बर्ष अघि जडान भएका सिसि क्यामेरा काम नलाग्ने भए पछि कपिलवस्तु नगरपालिलकाले तौलिहवा बजारमा नयाँ सिसि कयामेरा जडानको तयारी सूरु गरेको छ । चेम्बर अफ कमर्सका जिल्ला अधयक्ष गोपीकृयष्ण शर्मा, सामुदायिक प्रहरीका अधयक्ष देबी प्रसाद बर्मा, प्रहरी कार्यालयको अगुवाईमा र स्थानीय ब्यपारकिो सहयोगमा तौलिहवा बजारको बिभिनन स्थनमा लगाईएको क्यामेरा मर्मत अभावले चल्न छाडेका छन ।

सिसि क्यामेरा बन्द हुदा तौलिहवा बजारको सुरक्षामा समस्या आएको ब्यपारीहरु बताउछन । नगर क्षेत्रको सुरक्षा ब्यवस्था चुस्त बनाउन तौलिहवा बजारका ११ स्थानमा सिसि क्यामेरा जडानको कार्य अघि बढाईएको नगर प्रमुख किरण सिंहले बताए । नगर क्षेत्रमा सिसि क्यामेरा जडानका बिषयमा नेपाल प्रहरी, बैक तथा बित्तिय संथाका प्रतिनिधिहरुसंग राखिएको समन्वय बैठकमा नगर प्रमुख सिंहले सो जानकारी गराएका हुन । तौलिहवा बजारको सुरक्षामा जडान हुने सिसि क्यामेराको लागत अनुमान नगर पालिकाले तयार गर्ने छ । तयसको जानकारी बैंकहरुर्लाइ गराईने छ ।

सिसि क्यामेरा तौलिहवा रहेक एक दर्जन बैंकले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन । सिसि टिबी जडानकलागि नगरमा रहेका एक दर्जन बैंकले सहयोग गर्ने प्रतिबद्धता गरेका छन नगर प्रमुख सिंहले भने अब नगर क्षेत्रमा चाडै सिसि टिबि जडान हुनेछ । जडान हुने थानहरु कपिलवस्तु नगरपालिकाको वडा नम्बर १ को वडा कार्यालय अघि, नया टोल चोक, हुलाकी चोक, गौढी चोक, भवानी भिक्षु चोक, महिता चोक रहेका छन । यस्तै जमुहार नहरको पुल, जिल्ला प्रशासन कार्यालय अगाडी, कृषि विकास बैंक अगाडी, शिवालय चोक पश्चिम बजार जाने बाटो र नारदको घर अगाडी जडान गर्ने योजना छ । बैठकमा प्रमुख प्रकाशकीय अधिकृत बिमलराज आचार्य, प्रहरी निरीक्षक लाल बहादुर बिक, ईनजीनीयर राजेशसैनी लगायतका बैंकका प्रतिनिधिहरु सहभागी थिए ।