दशैं शुरु : आज घटस्थापना

२४ आश्विन २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
26 Shares


२४ असोज, काठमाण्डौ । नेपालीहरुको महान चाड दशैंको पहिलो दिन आज घटस्थापना । घटस्थापनाको दिन सबै नेपालीको घरघरमा जमरा राख्ने गरिन्छ । आजैका दिन विधिपूर्वक घट (घडा) स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो। जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन समेत गरिन्छ । घर शुद्ध भएपछि मात्र घरमा देवीको आगमन हुन्छ भन्ने आम मान्यता छ ।

देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ । जमरालाई समृद्धिको प्रतीक मानिन्छ । त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ ।

घटस्थापनाको पहिलो दिन झिसमिसेमै आत्माशुद्धि पछि नदी खोला, बगर अथवा आफूलाई पायक पर्ने स्थानबाट वालुवा या माटो ल्याई जमरा राखिन्छ । जमरा राख्नुपूर्व पूजा कोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन छ । कतै दशैंको दोस्रो दिनमा सुर्योदयसँगै जमरा राख्ने चलन छ । घटस्थापनाको साइत  बिहान ७ : १५ बजे रहेको नेपाल पञ्चाङ्ग निणरयक समितिले जनाएको छ । घटस्थापनाको उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ । दुर्गा देवीका तीन वटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा नेपाली समाजमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बुटवलमा फागनु २१ देखि प्रथम प्रादेशिक घरेलु महोत्सव
  • मिडिया र मिडियाकर्मीमा रुपान्तरण जरुरी
  • कसरी आनन्दसँग यौन सम्पर्क गर्ने ?
  • प्रधानमन्त्रीलाई गगनको प्रश्न– आँखा नचिम्ल्याई प्रश्नको जवाफ दिने हिम्मत किन…
  • माथागढिमा कांग्रेसको अन्तर्कृया , ‘गाउँ जाउ गाउँमै रमाऔँ ,एक ब्यक्ती…
  • जुनियर युवा रेडक्रसको ४०औं राष्ट्रिय गोष्ठी सम्पन
  • कांग्रेसद्वारा फागुन १५ गते चितवन बन्द (बिज्ञप्ती)
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ लाई जिपी कोइराला फाउन्डेसन…
  • विप्लवनिकट विद्यार्थी संगठनद्वारा फागुन १४ गते शैक्षिक हड्ताल
  • अब विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन दिने