समृद्ध कञ्चनको आधार स्तम्भ बनाउन सकिने :सांसद ढकाल

२४ माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


 जगिलाल थापा / कञ्चन – पर्यटन प्रबर्धन र सिमसार क्षेत्रको संरक्षणका लागि सिमसारको संरक्षण उधमशिलता र पर्यपर्यटनको प्रबद्धन भन्ने अभियान सहित रुपन्देहीको कन्चन गाउँपालिकाको गजेडी दानापुरतालमा ११औं कञ्चन गजेडी दानपुरताल महोत्सव(२०७६ सुरु भएको छ ।समयमाई सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको महोत्सवमा पर्यटन, कृषि, घरेलु उद्योग, हस्तकला तथा औद्योगिक उत्पादनका एक सय बढी स्टल रहेका छन् ।महोत्सवमा कञ्चन गाउँपालिकाभित्रका पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी, दानापुर तालमा डुंगा शयर, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, अन्तर विद्यालय बाघचाल, जोडी नृत्य प्रतियोगिता, मौलिक खाना तथा मास्टर सेफ प्रतियोगिता,बाल उद्यान आकर्षणका रुपमा रहेका छन् ।महोत्सवको रुपन्देही क्षेत्र नं। ५ क का सांसद भूमिश्वर ढकालले उद्घाटन गर्नु भएको छ । महोत्सवको उद्धघाटन गर्दै सांसद ढकालले दानापुर ताल सिमसार क्षेत्रमा रहेको प्रदेश ५ कै प्रमुख पर्यटकीय स्थल भएकाले यसको संरक्षण र विकासमा प्रदेश सरकारले गत वर्ष दुई करोड र चालु वर्षमा डेढ करोड रुपैयाँ बजेट छुट्याएको बताउनु भएको छ ।वहाले दानापुर ताल प्रदेशकै आकर्षक पर्यटकीयस्थल बन्न सक्ने सम्भावना रहेकाले प्रदेश सरकारले सहयोगलाई निरन्तरता दिने बताउदै दानापुरताललाई समृद्ध कञ्चनको आधार स्तम्भ बनाउन सकिने र लुम्बिनी आएका पर्यटकहरुलाई कञ्चन लगायतका पर्यटकिय स्लहरुको अवलोकन भ्रमण गराएर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउन सकिने समेत बताउनु भएकोछ । अव गजेडी दानापुरताललाई लुम्बिनी रगैडहवा तालसंग जेड्नको लागि अध्ययन भैरहेको बताउनु भएकोछ ।यसैगरी कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले गजेडी

दानापुरताल कञ्चनको मात्र नभई प्रदेशकै महत्वपुर्ण र आकर्षणको केन्द्र बनाउन गाउपालिकाले सहयोग आएको बताउनु भएको छ ।उपाध्यक्ष तरामुले दानापुरतालको बिकासले कञ्चनको सुन्दरतालाई बल पुग्ने हरेक क्षेत्रमा कञ्चन र गजेडी दानापुरताल परिपुरक नाम जस्तै बनेकोले कञ्चन गाउपालिकाको गहनाको रुपमा दानापुर तालको बिकास गर्न गाउपालिका प्रतिबद्ध भएको बताउनु भएको छ ।समयमाई सामुदायिक वनका अध्यक्ष मिनबहादुर थापाले तालको पर्यटन प्रबर्धन र सिमसार क्षेत्रको संरक्षणमा तीनै तहका सरकारको ध्यानाकर्षण गराउन बृहतस्तरमा ताल महोत्सव आयोजना गरिएको बताउदै ताल क्षेत्रको पर्यावरण संरक्षण गर्दै पर्यटकीय पुर्वाधारहरु बनाउन एक अर्ब रुपैयाँ बढीको गुरुयोजना बनेको र गुरु योजना अनुरुप तालको बिकास गर्न अध्यक्ष थापाले स्थानीय, प्रदेश र संघीय सरकारसँग आग्रह गर्नु भएकोछ ।फागुन ७ गतेसम्म चल्ने महोत्सवमा दुई लाख दर्शकलाई अवलोकन गराउने लक्ष्य रहेको महोत्सवका प्रमुख कार्यकारी अधिकृत श्रीराज तिमिल्सेनाले बताउनु भएकोछ ।महोत्सव उद्घाटनमा कन्चन १ का वडा अध्यक्ष हरिनारायण थारु,संघिण् समाजवादी पार्टीका सोमनाथ शर्मा, प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, रेडियो कञ्चनका अध्यक्ष बिष्णु नारायण श्रेष्ठ,नेपाली कांग्रेसका यमबहादुर क्षेत्री, सामुदायिक बन उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्षदिनानाथ आचार्य, नपाल कम्युनिष्ट पार्टी नेकपा कञ्चनका अध्यक्ष भरतमणि सापकोटा,कञ्चन जेसिजका अध्यक्ष बाबुराम पौडेल,जागृति आमा समूहका अध्यक्ष गिता कुवंर लगायतले बोल्दै कञ्चन गाउपालिकामै यस अघि संचालित महोत्सव भन्दा यस पटकको महोतसव बृहतस्तरमा ताल महोत्सवसँगै ब्यापार मेला आयोजना हुनु सकारात्मक भएको धारणा

 

राखे ।१९।५ हेक्टर क्षेत्रफल रहेको ताल क्षेत्र परिसरमा दर्जनौं पिकनिकस्थल निर्माण गरिएको छ भने खुल्ला स्थानमा झन्डै ५० समूहमा पिकनिक खान मिल्ने गरी स्थान व्यवस्थापन गरिएको छ ।तालमा आन्तरिक र वाह्य पर्यटकको आगमन बढ्न थालेपछि तालको १० वर्षे गुरुयोजना निर्माण गरिएको छ ।सिमसार क्षेत्रमा समेत सूचीकृत ताललाई नमूना पर्यटकीयस्थल बनाउन एक अर्ब रुपैयाँ लागतको गुरुयोजना निर्माण भएको छ । गुरुयोजनासँगै तालको क्षेत्रफल विस्तार गरी २२ हेक्टर पुर्‍याउने लक्ष्य छ ।तालसहित ९२।०२ हेक्टर क्षेत्रफलमा फैलिएको समयमाई सामुदायिक वन उपभोक्ता समूहको गुरुयोजना अनुसार तालको सौन्दर्यता र आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बढाएर पोखराको फेवा ताल जस्तै बनाउने लक्ष्य रहेको वनकी सदस्य ओमकला थापाले बताउनु भएको छ।यस माघ १५ गते देखि माघ २६गते सम्म संचालन हुने भनएिको महोत्सव मौसम प्रतिकुलताका कारण एक हप्ता पछि सारिएको महोत्सवको उद्धघाटन पुर्व कञ्चन गाउपालिकाको कार्यलय परिसरबाट शुरु भई पुर्वी कुचेरा,तालपरिसर,लौसा,बेलभरिया लगायत स्थानहरुबाट महोत्सव स्थल सम्म कञ्चन गाउपालिकामा रहेका बिभिन्न टोल बिकास,आमा समूह,क्लव,सामुदायिक बन,खानेपानी संस्था र बिधालयहरुद्धारा सांस्कृतिक झांकी सहितको महोत्सबको प्रचारात्मक र्याली गरिएको थियो। समूहका अध्यक्ष मिन बहादुर थापाको अध्यक्षता,ओमकला थापाको स्वागतमा महोत्सवको उद्धघाटन सत्रको संचालन हिमा बेलबासेले गर्नु भएको थियो ।महोत्सव फागुन ७ गते सम्म १३ दिन संचालन हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया