प्रधानाध्यापकको नेतृृत्व र योजना राम्रो भए विद्यालयमा दुई तिहाई सुधार हुन्छ : तालिम प्रमुख केसी

२४ माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


कौरव खत्री / गुल्मी  – शिक्षा तालिम केन्द्र प्रदेश नं. ५ रुपन्देहीको आयोजनामा आधारभूत तथा माध्यमिक तहका प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम आज देखि पाल्पा शुरु भएको छ ।तालिमको उद्घाटनमा बोल्दै शिक्षा तालिम केन्द्र प्रदेश नं. ५ रुपन्देहीका तालिम प्रमुख यम बहादुर केसीले तालिमका बारेमा प्रकाश पादै प्रधानाध्यापकहरुको तालिम र फलदायी र निकै प्रभावकारी रहेको बताए ।साथै तालिम प्रमुख केसीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न आग्रह गदै एउटा विद्यालयको सुधार गर्नका लागि विद्यालयको प्रधानाध्यापकको नेतृृत्व र योजना राम्रो भएमा विद्यालयमा दुई तिहाई सुधार हुने बताए ।गुल्मी,अर्घाखाँची र पाल्पा गरि तिन जिल्लाभित्रका विद्यालयहरुका प्रधानाध्यापक एवं प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

तालिम १० दिन अर्थात आँउदो फागुन ४ गतेसम्म सञ्चालन हुने तालिम शाखा पाल्पाका प्रमुख नारायण पोखरेलले जानकारी दिए ।गुल्मी,अर्घाखाँची र पाल्पा गरि तिन जिल्लाका विभिन्न विद्यालयहरुका प्रधानाध्यापकहरुको सहभागिता रहेको छ । तालिमको पहिलो दिन अन्तर्गत शिक्षा सम्वन्धि व्यवस्था,विद्यालय क्षेत्र विकास योजना दिगो विकासका लक्ष्यमा शिक्षा र विद्यालयको भूमिका लगायतका विषयमा शिक्षा तालिम केन्द्र प्रदेश नं. ५ रुपन्देहीका तालिम प्रमुख यम बहादुर केसीले तालिमको सहजीकरण गरेका थिए । तालिमको सञ्चालन भने तालिम शाखा पाल्पाका संयोजक नारायण प्रसाद पोखरेलले गरेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया