३ दिने उचित ब्यवस्थापन बाख्रा पालन तालिम सम्पन्न

२४ माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


रामु भुसाल  / नवलपरासी – पुर्वी नवलपरासीको विनयी त्रिबेणी गापालिाक पशु सेवा शाखा दुम्किबासको आयोजनामा ३ दिने उचित ब्यवस्थापन बाख्रा पालन तालिम विनयी त्रिबेणी ७ को शिवपुरगढीमा शुक्रबार सम्पन्न भएको छ । विनयी त्रिबेणी गाउपालिका वडा न्म्बर ६ का वडाध्क्ष प्रितम बहादुर गुरुंगको अध्यक्षतामा तालिम सम्पन्न भएको हो । सो अवसरमा तालिमको प्रमुख अतिथि समेत रहनुभएका विनयी त्रिबेणी वडा न्म्बर ७ का वडाध्यक्ष गोपाल बहादुर क्षेत्रीले औपचारिक रुपमा तालिम सकिएपनि तालिमलाई ब्यवहारिक रुपमा लागु गर्न सकिए तालिमको नतिजा फलदायि हुने बताउनुभयो ।

तालिमका प्रमुख प्रशिक्षक समेत रहनुएका पशु विज्ञ महेन्द्र प्रसाद भण्डारीले तालिमका सिपलाई ब्यवहारिक र घरायसी जिवनमा लागु गर्न सबैलाई आग्रह गर्दै तालिमबाट आय आर्जनका साथै पशुहरुमा लाग्ने रोग र उपचारका विधि समेत जाकारी प्राप्त हुने बताउनुभयो । विनयी त्रिबेणी वडा नम्बर ६ र ७ का २६ जना अगुवा किसान सहभागिहरुको सहभागिता रहेको तालिमलाई पशु प्राविधिक बाबुराम पौडेलले सञ्चालन गर्नुभएको थियो । तालिममा पशु सेवा अधिकत रामदेव महासेठ, गाउ कार्य पालिका सदस्य सुनिता राई लगाएतको पनि उपस्थिती रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया