विनयी त्रिबेणी गाउँपालिकाद्वारा बालबालिकाहरुलाई ट्रयाक सुट वितरण गरियो

२४ माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


रामु भुसाल / त्रिबेणी – विनयी त्रिबेणी गाउपालिका वडा नम्बर ६ को सहयोगमा नेपाल आधारभुत विद्यालय प्रसैयाका बालबालिकाहरुलाई एक कार्यक्रमका बीच ट्रयाक सुट वितरण गरिएको छ । विनयी त्रिबेणी ६ का वडाध्यक्ष प्रितम बहादुर गुरुंगको विशेष पहलमा जाडोबाट बच्नका लागी ट्रयाक सुट वितरण गरिएको विद्यालयका शिक्षक यमसिँह थापाले जानकारी दिनुभएको छ । विद्यालयमा अध्ययनरत १ कक्षा देखी ५ कक्षा सम्मका गरिब तथा जेहेन्दार ६७ बालबालिकाहरुलाई न्यानो कपडा ट्याक सुट वितरण गरिएको विद्यालयले बताएको छ ।

ट्याक सुट वितरण गर्दै वडाध्यक्ष गुरुंगले जाडोबाट बन्चको लागी बालबालिहरुलाई कपडा वितरण गरिएको बातउदै आगामी दिनहरुमा पनि चरणबद्ध रुपमा यस्ता कार्यहरुलाई गर्दै जाने प्रतिबद्धता जनाउनुभएको थियो । सो अवसरमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सोम बहादुर राना, सदस्य देवी लक्ष्मी विक, पदम राना, मणि कुमार श्रेष्ठ लगाएत वद्यालयका शिक्षक, विद्यार्थीहरुको उपस्थिती सो कपडा वितरण गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया