बसमै लुटिए यात्रु : ३ जना बेहोस्

प्रकाशित मिति:

रामेछाप २४, असोज
काकडभिट्टाबाट मन्थलीको आउँदै गरेको ना.६ ख २५३३ नं को रात्री बसका यात्रु लुटिएकाछन् । मंगलबार काकडभिट्टाबाट मन्थलीको लागि छुटेको बसका ३ यात्रुलाई बेहोस् अवस्थामा भेटिएकाछन् । उनीहरुको मन्थली स्थिति रामेछाप सामुदायिक अस्पतालमा भर्णा गरिएको छ । बेहोस् अवस्थाका रहेकोले उनीहरुको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । बसमा अन्य यात्रुका अनुसार उनीहरु तीनै जना भारतबाट मजदुरी गरि फर्किएका दोलखाका बासिन्दा भएको जनाइएको छ । घटनापश्चात प्रहरीले सोधपुछका लागि ३ जनालाई नियन्त्रणमा लिएको छ ।