हल्लियो सुदूरपश्चिम :दुई पटक भूकम्पको धक्का

२५ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


बैतडी/ सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज विहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ ।भूकम्प मापन केन्द्र सुर्खेतले आज बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३।७ र ६ वजेर ४६ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपासमा ५।३ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

भूकम्पको धक्काको महसुस बैतडी,बझाङ, अछामलगायतका जिल्लामा गरिएको जनाइएको छ । केन्द्रका प्राविधिक सहायक ९टेक्निकल असिष्टेन्ट० चन्दा शाहका अनुसार भूकम्पबाट कुनै पनि क्षति भएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया