सेन्चुरी बैंक र क्लब डेनेभो बिच सम्झौता, होटेलका सबै सुबिधामा १० प्रतिशत छुट 

प्रकाशित मिति:

बुटवलसेञ्चुरी कमर्सियल बैंक बुटवल शाखा र क्लब डेनोभो बिच छुट सम्बन्धि सम्झौंता भएको छ।बैंकको क्रेडिट र डेविट कार्ड लिएका ग्राहक, शेयर होल्डरले होटलको विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने विज्ञप्तिमा उल्लेख गरिएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरु र शेयर होल्डरले खाना, भेबरेज, स्विमिङ, रुम लगायत हरेक सुबिधामा १० प्रतिशतसम्म छुट पाइने भएको छ

ह स्ताक्षर कार्यक्रममा छोटो मन्तव्य दिदैं बैंकका प्रबन्धक भट्टराईले छुट पाउनु पनि बचत हो, त्यसैले बचतको लागि आजै सेन्चुरी बैंकमा खाता खोली छुटको फाईदा लिनुहुन सबैलाई आग्रह गर्नुभयो ।
सम्झौंतापत्रमा बैंकका बुटवल शाखाका प्रबन्धक यादव भट्टराई र होटलका प्रमुख अर्जुन गैह्रेले हस्ताक्षर गर्नुभएको हो ।