बागलुङको ३२ घरपरिवारलाई विद्युत मिटरबक्स वितरण

२५ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


कौरव खत्री / बागलुङ – बागलुङको गलकोट नगरपालिकामा ३२ जना स्थानीयहरुलाई विद्युत मिटरबक्स वितरण गरिएको छ ।नगरपालिका वडा नंं. ३ ले वडाभित्रका घरको आर्थिक अवस्था कमजोर भएका विपन्न र दलित ३२ घरपरिवारलाई उपभोक्क्ताहरुलाई वडा कार्यालयले निः शुल्क रुपमा विद्युत मिटरबक्स वितरण गरिएको वडाअध्यक्ष विरजङ्ग भण्डारीले जानकारी दिए ।विगत १५बर्षदेखि विद्युत उपयोग गरेता पनि एउटै घरबाट विद्युतको सव मिटर बनाएर बाल्नु पर्ने बाध्यता र उत्तिकै मात्रमा जोखिम

एवं विद्युत महसुल बुझाउदा पनि समस्या भइरहेका बेला उक्क्त समस्या निराकरण गर्न दलित बस्तीका घर–घरमा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले सहयोग मिटरबक्स वितरण गरेको हो ।नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रको आर्थिक सहयोग र नोलाइन हटिया र वडा कायालयको समन्वयमा वितरण नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव घोसाइलीले जनताहरु विद्युत बाल्नबाट बञ्चित नहुन बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया