मृगौला पिडित खड्कालाई झण्डै १० लाख बढिको सहयोग रकम हस्तान्तरण

कौरव खत्री / बागलुङ – बागलुङ गलकोटकी मृगौला पिडित महिलालाई नगद रकम सहयोग गरिएको छ । गलकोट नगरपालिका १ निवासी ११ बर्षीय मृगौला पिडित मनदिप खड्कालाई नगद रकम सहयोग हस्तान्तरण गरिएको छ ।गलकोट नगरपालिका ३ निवासी हाल रोजगारीको शिलशिलामा जापानमा रहेका समाजसेवी हरिश साहनीको संयोजकत्वमा जापानमा रहेका सम्पूर्ण नेपालीहरुबाट संकलन गरि पठाएको नगद रु.७लाख ३६ हजार २सय रुपैया रकम मृगौला पिडित खड्कालाई गलकोट नगरपालिका ३ का वडाअध्यक्ष विरजङ्ग भण्डारीले पिडित खड्कालाई विहिवार हस्तान्तरण गरेका थिए । केहि महिना अगाडी मृगौला पिडित खड्कालाई २लाख ८० हजार नगद हस्तान्तरण गरि सकिएको छ ।
दुई चरणमा गरि मृगौला पिडितका कुल १०लाख,१६हजार,२सय को आर्थिक सहयोग गरिएको छ ।घरको आर्थिक अवस्था निकै कमजोर रहेको खड्काको दुवै मृगौला फेल भएर पिडित भएका ख्डकाको स्वास्थ्य उपचारमा थप सहयोग पुग्ने गलकोट नगरपालिका ३ का वडाअध्यक्ष विरजङ्ग भण्डारीले जानकारी दिए ।केहि महिना अगाडी मृगौला पिडित खड्कालाई २लाख ८० हजार नगद हस्तान्तरण गरि सकिएको छ । रकम सहयोग गर्ने सम्पूर्ण नेपाली सहयोगदाताहरुलाई वडाअध्यक्ष भण्डारीले धन्यवाद दिए । रकम हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधि, स्थानीय समाजसेवी, महिला लगायतको सहभागिता रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया