प्रहरी चौकीमा आक्रमण हुँदा दुई प्रहरी घाईते

२५ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको खाल्डे प्रहरी चौकीमा आक्रमण हुँदा दुई जना प्रहरी घाईते भएका छन्।मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमा मा रहेको चौकीमा मोटरसाइकलमा आएका १०/१२ जनाको समूहले आक्रमण गरेको हो।आक्रमणमा प्रहरी सहायक निरीक्षक सन्तोषकुमार झा र प्रहरी हवल्दार हरि बहादुर मगर घाइते हुनु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।

घाइतेमध्ये झालाई उपचारको लागि काठमाण्डौ ल्याइएको र प्रहरी हवल्दार हरि बहादुर मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको पनि उनले बताए।चौकीमा आक्रमण गर्ने सुनखानीका सोम थिङ लाई प्रक्राउ गरिएको र बाँकीको खोजी भैरहेको पनि प्रहरी निरीक्षक तामाङले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया