जनता मावीको भवन शिलन्यास

प्रकाशित मिति:

बुटवल २५ माघ । बुटवल ८ रामनगरमा रहेको जनता माध्यमिक विद्यालयमा बन्ने भवनको शनिबार एक समारोहकाविच शिलन्याश गरिएको छ । प्रदेश ५ का सभासद थान कुमारी थापाले विद्यालयको भवनको शिलन्याश गर्नु भएको हो । सघ र प्रदेश सरकारको सहयोगमा बन्ने ५ कोठे भवनको शलिन्याश गरिएको छ । सो अवसरमा बोल्दै सभासद थापाले सरकारले शैक्षिक वातावरण निमार्णका लागि विषेश ध्यान दिनु पर्ने बताउनु भयो ।उहांले वालवालिकाहरुले सहज ढंगले पढनपाढन गर्न पाउने वातावरणको सुनिश्चितता गरिदिने काम पनि सरकारको भएको बताउनु भयो । संघवाट ५० लाख तथा प्रदेश सरकारवाट ६० लाख गरि एक करोड १० लाखमा विद्यालयको भवन निमार्ण थालिएको विद्यालयका अध्यक्ष नन्दीकिसोर ढकालले बताउनु भयो । उहांले विद्यालयको भौतिक पुर्वाधार निकै कमजोर रहेकोले त्यसका लागि योजना बनाएर काम अघि बढाईएको पनि बताउनु भयो । कक्षा १० सम्म संचालनमा रहेको जनता मावीमा २ सय ३० जना विद्यार्थीहरु रहेको विद्यालयका प्राचार्य आशा वस्नेतले बताउनु भयो । उहांले गरिव तथा आर्थिक अवस्था कमजोर भएका परिवारका वालवालिकाहरुले पढ्ने विद्यालय भएकोले यसलाई सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनु भयो ।