सहमति, सहकार्य र एकता -स्व: गीरीजा प्रसाद कोइराला

२५ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
4 Shares


सोमनाथ घिमीरे । २०४८ साल मा गीरीजा वावुले म काठमाडौं मा काग्रेंस देख्दिन, गाऊँ र झुपडी मा भेटछु त्यसैले सिङदरबारको अधिकार गाउँ गाउँ पुराउँछु भन्नु हुन्थीयो हामिलाई। वहाँ कै सल्लाहमा अमेरिका मा रहेका प्रजातन्त्रवादिहरुलाई एकतावद्व गराइ  Nepalese Democratic Youth Council America  मार्फत नेपालमा प्रजातन्त्र बहाली का लागि बिभिन्न कार्यक्रम हरु गरेका थियौं । अनि सन २००७ मा नेपाली काग्रेंस पार्टीको निर्देशन र पुर्ण सहयोगमा नेपाली जनसम्पर्क समिति अमेरिकाको स्थापना टेक्ससमा भयो र त्यो जनसम्पर्क समिति को एतीहासीक कार्यालय सन्निसाईड, न्युर्योकमा थियो। त्यतिवेला पुराना र नयाँ पुस्ताका काग्रेंसजनहरुको भेटघाट गर्ने तिर्थस्थल, मेची देखि माहाकाली सम्मका काग्रेंसी बन्दुहरु भेटदा सानेपाको वि पि भवन जस्तो लाग्दथ्यो। मलाई साथीहरुले विश्वास गरेर अध्यक्ष बनाएपछि सबैमा सुख दुख मा साथ र भावनात्मक एकता थियो। तर अहिले ति दिनहरुको विपरित जनसम्पर्क को बैठक ,भेटघाट किचेन र कोठामा सिमित छ। अपारदर्शीता, अव्यवस्थित एवम् घोचपेच मै हामी रुमल्लीरहेका छौं। लोकतन्त्रको लागी संघर्ष गरेका ,अनुभवी , सक्षम र सुभेच्छुकहरुको लगत र भावनात्मक संबन्ध पुनर्जिवन निर्माण गर्न पहल गरेमात्र सबैको भलाइ हुनेछ भन्नेमा दुईमत नहोला। नेपाल बाहिर बसेर पनि स्वदेशमा नेपाली काग्रेंस र लोकतान्त्रीक संस्थाहरुको सशक्तिकरणका लागि नितिगत, बैचारिक र भौतिक रुपले सघाउ पुर्याउने हेतु एउटा खुला विचार समूह को आवश्यकता महसुस भएको छ।सबैको भावनालाई उच्च कदर गर्दै सक्षम, सबल र स्वच्छ नेत्रीत्वको आवश्यकता छ।लेखक जीपी कोईराला फाउन्डेसन अमेरीकाका अध्यक्ष हुनुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया