कुशल मल्लले बनाए डेब्युमै विश्व कीर्तिमान

२५ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


ईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकाविरुद्ध डेब्यू गरेका अलराउन्डर कुशल मल्लले विश्व कीर्तिमान कायम गरेका छन् ।

शनिवार त्रिवि क्रिकेट मैदानमा जारी एक दिवसीय खेलमा मल्लले सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् ।उनले ४७ बलमा अर्धशतक पूरा गरेका थिए । त्यसक्रममा उनले ७ चौका र ३ छक्का प्रहार गरे ।नेपालले अमेरिकालाई १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया