आईसीसी विश्वकप लिग-२ सुरुवाती चार ओभरमै नेपाललाई चार सफलता

२५ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल उत्कृष्ट सुरुवात गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय ९१ रनको लक्ष्य पक्ष्याएको अमेरिका संकटमा परेको छ । अमेरिकाले सुरुवाती ४ ओभरमै प्रमुख चार ब्याट्सम्यानलाई गुमाएको छ ।अमेरिका ४ ओभरमा १३/४ को कमजोर अवस्थामा रहेको छ । नेपालले दोस्रो ओभरमै स्पिनर सन्दीप लामिछानेलाई बलिङमा ल्याएको थियो ।

कप्तान ज्ञानेन्द्र मल्लको निर्णयलाई सहि सावित गर्दै सन्दीपले चौथो बलमा ओपनर आरोन जोन्सलाई ५ रनमा एलबिडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए । त्यसअघि जोन्सले तेस्रो बलमा चौका प्रहार गरेका थिए ।तेस्रो ओभरको चौथो बलमा करण केसीले अमेरिका प्रमुख ब्याट्सम्यान स्टिभन टेलरलाई दीपेन्द्र सिंह ऐरीबाट शून्यमा क्याच गराएपछि नेपालले सानदार सुरुवात गरेको हो । करणले यसै ओभरको अन्तिम बलमा जेभियर मार्शललाई विकेटकिपर विनोद भण्डारीबाट २ रनमा क्याच गराए । चौथो ओभरको चौथो बलमा सन्दीपले मोनाक पटेललाई ४ रनमा एलबी डब्यू आउट गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया