बिहान भएको सवारी दुर्घटनामा १९ यात्री घाइते

२५ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


दमौली –  पृथ्वी राजमार्गअन्तर्गत् तनहुँको बन्दीपुर गाउँपालिका–१, रिमाल्नीमा शनिबार बिहान भएको सवारी दुर्घटनामा १९ यात्री घाइते भएका छन् ।दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना७ख ६२६८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना७ख ४४२४ नम्बरको बस एकापसमा ठक्कर खाँदा बसचालकसहित १९ यात्री घाइते भएका हुन् ।दुर्घटनामा घाइते बसचालक चितवन जिल्ला भरतपुर महानगरपालिका–२७ का ४२ वर्षीय किरण काफ्लेसहित १९ यात्रीको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

बसचालक काफ्लेको हात, खुट्टा र गालामा चोट लागेको छ । ट्रक र त्यसका चालक प्रहरीको नियन्त्रणमा छन् ।कार दुर्घटनामा ६ जना घाइते – यसैगरी, पृथ्वी राजमार्गअन्तर्गत् व्यास नगरपालिका–१२, घाँसीकुवामा शुक्रबार राति भएको कार दुर्घटनामा ६ जना घाइते भएका छन् ।कावासोतीबाट पोखरातर्फ आउँदै गरेको बा१३च ८४८१ नम्बरको कार अनियन्त्रित भइ सडकबाट पल्टँदा ६ जना घाइते भएका हुन् ।घाइते सबैको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारपश्चात् ‘डिस्चार्ज’ भएको प्रहरीले जनाएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया