पुरुषहरुको प्रजनन क्षमता प्रत्येक वर्ष घटदै गएको अध्ययनले देखाएको छ । विशेष गरी पश्चिमी देशहरुमा प्रत्येक वर्ष पुरुष प्रजनन क्षमता घटदै गएको शोधकर्ताहरुले बताएका छन् ।
यसको मुख्य कारण आधुनिक जीवन शैली रसायन रहेको शोधकर्ताहरुको दाबी छ । अमेरिका र युरोपका प्रजनन क्लिनिकमा पुगेका एक लाख २४ हजार पुरुषमा पुरुषमा गरिएको अध्ययनले प्रजनन क्षमता प्रत्येक वर्ष २ प्रतिशतले घटेको देखाएको छ ।
सामान्य प्रजनन क्षमता भएका दुई हजार ६ सय विर्य दातामा गरिएको छुट्टै अध्ययनले पनि यस्तै नतिजा देखाएको छ । वैज्ञानिकहरुले अहिलेकै अवस्था रहेमा मानव प्रजाती लोपउन्मुख हुने चिन्ता व्यक्त गरेका छन् ।
पुरुषहरुमा प्रजनन क्षमता घटदै जानुमा पेस्टिसाइड, घरमा प्रयोग हुने रसायन, तनाव, धुम्रपान लगायतका कारणहरु देखाइएको छ । अत्यधिक मदिरा सेवन, क्याफिन र प्रसोधन गरिएको मासु पनि यसको कारण हुने गरको वैज्ञानिकहरुले बताएका छन् ।
विज्ञहरुका अनुसार पछिल्लो समय युवाहरुमा अण्डकोषको ज्ञान्सरको समस्या बढिरहेको कतिपय एउटा वा दुवै अण्डकोष बिनै पनि जन्मिने गरेका छन् ।
स्पेन, न्यूजर्सी, अमेरिका लगायतका मुलुकका वैज्ञानिकहरुले पहिलो पटक ठूलो परिमाणमा गरेको शुक्राणुको अध्ययनले यस्तो तथ्य पत्ता लागेको हो । दि मिररबाट अनुदित।