शिक्षक संघ देवदहको तेस्रो प्रतिनिधि सभा तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न

२५ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


खैरेनी – नेपाल शिक्षक संघ देवदह नगर समितिको तेस्रो प्रतिनिधि सभा तथा शिक्षक सम्मान कार्यक्रम देवदहको पाठक फुडल्याण्ड, खैरेनीमा सम्पन्न भएको छ । उक्त प्रतिनिधि सभामा निर्मल ढुंगानबाट अध्यक्षको प्रतिवेदन, उमाकान्त अधिकारीबाट साङ्गठनिक प्रतिवेदन तथा चन्द्रमणि पाण्डेबाट आर्थिक प्रतिवेदन प्रस्तुत भएको प्रतिवेदन माथि छलफल भइ पारित भएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा देवदह नगरपालिकाका नगर प्रमुख हीराबहादुर खत्रीले शिक्षणलाई सम्मानित पेशा बनाउन शिक्षकहरु सदैब आफ्नो पेशा प्रति जिम्मेवार हुनुका साथै उच्च नतिजा दिनका स्थानीय निकायका साथै सरोकारवालहरुसँग सहकार्य गर्न अनुरोध गर्नु भएको थियो । राज्यबाट शिक्षकका समस्याहरु सम्बोधन हुने क्रममा रहे पनि शिक्षकका समस्या देशको भविष्यसँग जोडिएको हुनाले प्रदेश, स्थानीय सरकार, तथा अन्य सरोकारवालाहरुले समेत दायित्वबोध गर्नु पर्ने, र संघीय सरकारले शिक्षकको दरवन्दी मिलान गर्दा सम्मानजनक दरवन्दी मिलान गर्नु पर्ने कुरा उल्लेख गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाल शिक्षक महासंघ प्रदेश नं. ५ का उपाध्यक्ष कुलप्रसाद लामिछानेले शिक्षकका मुद्दाहरुमा नेपाल शिक्षक महासंघबाट केही उपलब्धी भए पनि महासंघ व्यक्तिगत स्वार्थको पछाडि नलागि शिक्षकका हकहितका लागि अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भएको थियो । नेपाल शिक्षक महासंघका केन्द्रीय प्रतिनिधि झविन्द्रप्रसाद पाण्डेय, नेपाल शिक्षक संघका संघीय प्रतिनिधि दूधनाथ कवँर, नेपाल शिक्षक महासंघ रुपन्देहीका जिल्ला सचिव लीलाधर न्यौपाने, नेपाल शिक्षक संघ

रुपन्देही महिला विभाग संयोजक इन्दू पौडेल, नेपाली कांग्रेस देवदहका सभापति गुनाखर भुर्तेल, नेपाल शिक्षक संघ, सैनामौना नगरपालिकाका अध्यक्ष केशव घिमिरे, नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ देवदहका स्रोत व्यक्ति यमलाल भट्टराई, देवदहका अध्यक्ष शेषनारायण रेग्मी, विश्वराज खनाल स्मृति अक्षयकोषका संरक्षक प्रमोद खनाल, स्थानेश्वर अर्याल स्मृति अक्षयकोषका संरक्षक कृष्णप्रसाद अर्याल लगायतका वत्ताहरुको मन्तव्यमा शिक्षकको दायित्व, जिम्मेवारी र हक अधिकारबारे कुरा उठेको थिए । उक्त कार्यक्रममा नेपाल शिक्षक संघ, देवदहको संरक्षकत्वमा रहेको विश्वराज खनाल र स्थानेश्वर अर्याल स्मृति कोषबाट शिक्षकहरु लालबहादुर चौधरी, माधवप्रसाद पराजुली, रमेश न्यौपाने, हरिकला बस्याल, तेज बहादुर अर्याल, नमकान्त पाण्डेय, भीमप्रसाद न्यौपाने, धर्मादेवी आचार्य, गोविन्दप्रसाद तिवारी, शोभा पराजुली तथा विद्यालय कर्मचारी सम्भु भर र शिक्षा क्षेत्रमा योगदान पु¥याए वापत रेनुका परियारलाई सम्मान गरिएको थियो । साथै उक्त कार्यक्रममा नेपाल शिक्षक संघ देवदह नगरपालिकामा रहेका निवृत्त शिक्षकलाई सम्मान, सरुवा भएर विभिन्न स्थानमा पुगेका शिक्षकहरुलाई विदाइ, नयाँ नियुक्त शिक्षकहरुलाई बधाई तथा विभिन्न जिल्लाबाट सरुवा भइ देवदहमा आउने शिक्षक संघका सदस्यहरुलाई स्वागत गरिएको थियो ।उक्त प्रतिनिधि सभा नेपाल शिक्षक संघ देवदह नगरकी उपाध्यक्ष मनकला पाण्डेयको स्वागत, उपाध्यक्ष ओमनारायण यादवको धन्यवाद ज्ञापन र सचिव उमाकान्त अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण