५ औं सूर्यनगर गोल्डकप फुटबल प्रतियोगिता सुरु

२५ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


रामु भुसाल / बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १६, सूर्यनगरमा शनिबार देखी ५ औं सूर्यनगर गोल्डकप खुल्ला नकआउट फुटबल प्रतियोगिता भएको छ । नव युवा क्ब सुर्यनगरको आयोजना तथा बर्दघाट नगरपालिकाको सरंक्षकत्वमा प्रतियोगिताको उद्घाट कार्यक्रम सम्पन्न भएको हो । क्लवका अध्यक्ष भिमकाजी गुरुङ्गको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरजशर्मा वस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्यालले बर्दघाट नगरपालिकाले नगर भित्र रहेका खेलाडीहरुलाई अगाडी बढाउन हर सम्भव सहयोग गरिरहेको बताउदै प्रमुख अतिथि बस्यालले बर्दघाट नगरपालिकामा रंगशाला निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बोल्दै सुस्ता गाउपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले यस नव युवा क्लबले आयोजना गरेको प्रतियोगितालाई सफल पार्न आफुले सक्दो सहयो गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।कार्यक्रममा अन्य विशिष्ट अतिथीहरु बर्दघाट नगरपालिकाकी नगर उपप्रमुख माया देवी पौडेल,

बर्दघाट वडा नम्बर ४ का वडाध्यक्ष तथा नगर प्रवक्ता रविन्द्र विक्रम हमाल लगाएत विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजिवि, विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मी लगाएतको आतिथ्यता रहेको कार्यक्रममा नगर प्रवक्ता हमाल, क्लबका पुर्व खेलाडी लिलकाजी गुरुंग, पुर्णमान गिरि प्रतिष्ठानकी सरक्षक श्रीमति भिमा देवी गिरि लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । क्लबका सस्थापक अध्यक्ष ईन्द्र बहादुर गुरुंगको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन क्लबका निर्वतमान अध्यक्ष कृष्ण प्रसाद सापकोटाले गर्नुभएको थियो । शनिबार उद्घाटनका दिन प्रतियोगिताको पहिलो खेलअन्र्तगत नवलपरासी ११ र मकवानपुर ११ बीच सम्पन्न भएको खेलको पहिलो हाफमा नवलपरासी ११ का जर्सी नम्बर १४ डेविड डोमरले ३ मिनेटनै पहिलो गरेका छन । त्यसपर्छी नवलपरासी ११ कै खेलाडी सुरज आलले १० मिनेटमा दास्रो गोल थप गरेका छन । तत्पश्चात मकवानपुरले खेलको हाफपछी १ गोल गरेपछी नवलपरासी ११ ले १ का विरुद्ध दुई गोलले विजयी भएको छ । शनिबारको खेलमा नवलपरासी ११ का खेलाडी जर्सी नम्बर १४ डेविड डोमर म्यान अफ द म्याच घोषित हुनुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया