चिसापानी वन समुहको १७औ वार्षिक साधारणसभा सम्पन्न

२५ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


रामु भुसाल / बर्दघाट – चिसापानी सामुदायीक वन उपभोक्ता समुह बर्दघाट २ चिसापानी पश्चिम नवलपरासीको १७ औ वार्षिक साधारणसभा शनिबार संस्थाको प्रङ्गागणमा सम्पन्न भएको छ । चिसापानी सामुदायीक वन उपभोक्ता संस्थाका अध्यक्ष होम बहादुर गुरुङ्गको अध्यक्ष्यता र डिभिजन वन कार्यलय पश्चिम नवलपरासीका प्रमुख अजित कुमार कर्णको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथीे कर्णले सामुदायीक वनहरुले वन विकास, सामुदायीक विकासका साथै संस्थागत विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । साथै उहाले सामुदायीक वनहरुले वन पैदावारको बितरण प्रणालीलाई प्रभावकारी गराउदै समावेशी गर्नुपर्ने बताउदै वन जोगाउनका लागी सवै उपभोक्ताहरुको महत्वपुर्ण भुमिका रहनु पर्ने बताउनु भयो । अर्काे प्रसंगमा बोल्द कर्णले आफु सधै सामुदायीक वन सगं सहकार्य गरेर अगाडी बढ्न तयार रहेको बताउदै पुर्व पश्चिम राजमाग बिस्तारका क्रममा काटिएका रुखहरुको उपयोग सम्बन्धित सामुदायीक वनले गर्न पाउनुुपर्ने पक्षमा आफु रहेको तर काननी जटिलताका कारण वन मन्त्रालयले नै य यसको पहल गनुुपर्ने बताउनु भयो कार्यक्रममा अध्यक्षको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गुरुङ्गले देशको निती तथाकानुनले वन जङ्गलको समंक्षणमा कमी कमजारी हुुन गएकोले प्रति जग्गा भिरपाखा दौविक प्रकोपलाई बचाउन नेपालले आफनै परम्परा र

संकृतीलाई बचाउन वन एन २०४९ अनुसार नेपाल सरकारबाट उपभोक्ताहरुलाई पाई पर्ने र भोग गर्दै आएको सरकारको राष्ट्यि वन क्षेत्रबाट सामुदायीक वन बिकास गर्ने निती र लक्ष रहेको बताउनु भयो ।सोहि अवसरमा सामुदायीक वन उपभोक्ता माहासंघका केन्द्रिय सदस्य गिता चौधरी, जिल्ला माहासंघका अध्यक्ष कमल परियार, वडा नं २ की वडा अध्यक्ष दया दलार्मी, संस्थाका संस्थापक अध्यक्ष डब बहादुर गर्बुजा पुन मगर , पुर्व अध्यक्ष एम बहादुर थापा, दिब्यजोती माध्यमिक बिध्यालयका अध्यक्ष सुबोध जाग्रृत बुढाथोकी लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने समुहकी कोषध्यक्ष लिला देवि एरी रग्मीले ८४ लाख ८४ हजार ५ सय ६३ बराबरको आयब्यय विवरण र सचिव अनिल गुरुङ्गले समुहको कार्य प्रगती तथा भावि योजनाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो कार्यक्रमा समुहका लेखा संयोजक देवेन्द्र पोख्रेल सुजितले लेखा समितीको प्रतिवेदन र अनुगमन समिती स.योजक लोकेन्द्र बहादुर चन्दले अनुगमन तथा मुल्याकंन समितीको वार्षक प्रतिवेदन प्रस्तुत गर्नुभएको थिया । साथै कार्यक्रममा वनलाई सहयोग पुर्याउने लगाएत पुर्व पदाधिकारीलाई सम्मान समेत गरीएको थियो । समुहका उपाध्यक्ष ईन्द देवि चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव अनिल गुरुङ्गले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया