प्रहरी जवाले अन्धाधुन्न गोली चलाउँदा कम्तिमा १२ जनाको मृत्यु

२५ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया

File

एजेन्सी –  थाइल्याण्डको राजधानी बैंककको उत्तरी–पूर्वमा रहेको नकोन रेटचासी शहरमा एक प्रहरी जवाले अन्धाधुन्न गोली चलाउँदा कैयौँको मृत्यु भएको आशंका गरिएको छ ।थाइल्याण्डको रक्षा मन्त्रालयका बन्दुकधारी प्रहरी जवानले आफू चढेको बसमा गोली चलाउनुपूर्व सैन्य क्याप, बौद्ध मन्दिर र सपिङ सेन्टरमा आक्रमण गरेको बीबीसीले जनाएको छ ।

प्रहरी जवान गोली प्रहारपछि सपिङ सेन्टरको बेसमेन्टमा लुकेका थिए ।स्थानीय मिडियाका अनुसार कम्तिमा पनि १२ जनाको मृत्यु भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोमा सपिङ सेन्टर नजिकै गोलीबारी भएको देखिएको छ । गोलीबारी अहिले पनि चलिरहेको बीबीसीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया