कञ्चन लायन्सको नियमित बैठक सम्पन्न ,लयान्स फेस्टिबलमा शत प्रतिशत सहभागिता जनाउने

प्रकाशित मिति:

कञ्चन /कञ्चन लायन्स क्लबको नियमित बैठक कञ्चनको सुनगाभा बारमा कञ्चन लायन्सका बर्ष २०२०का अध्यक्ष लायन्स दुर्गा सिंह क्षेत्रीको अध्यक्षतामा बसेकोछ।कञ्चन लायन्स क्लबको नियमित बैठकले क्लबको दोश्रो पदास्थापन फागुनमा गर्ने निर्णय गर्नुको साथै आगामी बर्षका लागि बार्षिक कार्य योजना निर्माण सम्बन्धी छलफल गरेकोछ ।बैठकले आगामी बर्षका लागि बार्षिक कार्ययोजना निर्माणका लागि भोली ईभरग्रिन ईंलिस बोर्डिङ स्कुल,कञ्चन३ हरैयामा बैठक बस्ने निर्णय गरेकोछ ।यसैगरी यही फागुन ९ गते लुम्बिनीमा हुने लायन्स क्लब ईन्टरनेश्नल मल्टिपल डिस्सट्रिक ३२५ को पाचौं मल्टिपल लायन्स फेस्टिबलमा शत प्रतिशत सहभागिता जनाई नेपाल भ्रमण बर्ष २०२० लाई सफल गराउन सहयोग गर्ने निर्णय गरेकोछ।

लायन्स इन्टरनेश्नल डिस्ट्रिक ३२५ बि २ को ूतेश्रो डिस्ट्रिक क्याबिनेट मिटङू शान्तीका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा हुने र सो क्याबिनेट बैठकको सन्दर्भ पारेर ूलायन्स उत्सबमा जाउ लुम्बिनीमा रमाउू र ूत्यो तब मात्र सम्भव छ जब हामी सबैको कम्मर कसेर यसमा लाग्नेछौू भन्ने नारा सहित लायन्स उत्सबको रुपमा समेत लुम्बिनीमा मनाउने योजनाका साथ क्लबको तेश्रो क्याबिनेट बेैठक हुन लागेको हो। लायन्स इन्टरनेश्नल डिस्ट्रिक ३२५ बि २ को तेश्रो क्याबिनेट तथा पाचौं मल्टिपल लायन्स फेस्टिबलमा कञ्चन लायन्सबाट शत प्रतिशत सहभागिता जनाउने क्लबका अध्यक्ष दुर्गा सिंह क्षेत्रीले जानकारी गराउनु भएको छ।