तृष्णा किन गर्नुहुँदैन ? हेर्नुहोस् आजको नीति वचन

प्रकाशित मिति:

क्रोधो वैवस्वतो राजा तृष्णा वैतरणी नदी । 
विद्या कामदुघा धेनुः सन्तोषो नन्दनं वनम् ।। – संस्कृत सुभाषितम्

क्रोध यमराज समान हो । यसैगरी तृष्णा नरकको वैतरणी नदी समान हो । विद्या कामधेनु गाई हो भने सन्तोष स्वर्गाको नन्दन वन हो ।
क्रोधको भावना हुनु मनमा यमराजलाई राख्नु हो ।

किनकि क्रोध र यमराजमा कुनै भिन्नता छैन । त्यसैले दैत्यराज बन्नु भन्दा देवराज बन्न सर्वप्रथम हामीले क्रोधलाई त्याग्न सक्नु पर्दछ । यसैगरी तृष्णालाई वैतरणी नदी समान बताइएको छ । जसरी वैतरणी नदी निरन्तर वगि रहन्छ कहिल्यै समाप्त हुँदैन । त्यसैगरी मनको तृष्णा पनि कहिल्यै नसकिने कुरा हो ।

त्यसैले तृष्णालाई पनि मनबाट टाढै राख्नु उचित हुन्छ । यसैगरी विद्यालाई कामधेनुको संज्ञा दिइएको छ । कामधेनु भनेकी इच्छा अनुसार फल प्रदान गर्ने गाई हुन् । विद्याले जे चाह्यो त्यही प्रदान गर्दछ ।

यसैगरी सन्तोषलाई स्वर्गको सुन्दर वगैचासँग तुलना गरिएको छ । त्यसैले क्रोध र तृष्णालाई त्यागी विद्या र सन्तोष रूपी सुन्दर संसारमा बाच्न सक्नु नै संसारको सही मार्ग हो भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् ।