घरबाट निस्किनुअघि किन खाने दही, यस्तो छ कारण

२६ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं / घरबाट बाहिर निस्कँदा घरमा अग्रजहरुले दही खुवाउँछन ।अग्रजहरुले कतै टाढा निस्कदै गरेका परिवारका सदस्यलाई भाग्यले साथ देओस् भन्ने मान्यताअनुसार यसो गर्दै आएका छन ।दही खुवाउनुलाई यात्राको शुभ संकेत पनि मानिन्छ । तर यसको बैज्ञानिक कारण समेत छ।पहिलेको जमानामा यायायातका साधन हुँदैनथे । हिँडेर एक ठाउँबाट अर्को ठाउँमा जानुपर्थ्यो ।

दही वा दहीमा चिनी मिसाएर खाँदा शरीरमा ताजापन र चिसो महसुस हुन्छ । साथै ग्लुकोजको मात्रा बढ्ने र शरीरमा ऊर्जा थप्ने काम गर्छ ।हिड्नका लागि आवश्यक पर्ने इनर्जीको काम समेत गर्ने भएकाले दहीलाई उपयोगी मानिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया