रुपन्देहीका कृषि उद्यमी पौडेल सम्मानित

२६ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवल – कृषि उद्यमी शशी पौडेल सम्मानित हुनुभएको छ । रुपन्देहीका पौडेल पशुपालनमार्फत कृषि क्षेत्रमा योगदान गरेबापत सम्मानित हुनुभएको हो । उहाँलाई फोकस नेपालले प्रज्ञा भवनमा आयोजित एक कर्यक्रमकाबीच सम्मान गरेको छ ।

पौडेलले रुपन्देहीको तिलोत्तमा–४ मा लुम्बिनी एग्रो प्रोडक्स एण्ड रिसर्च सेन्टर प्रालि सञ्चालन गर्नुभएको छ । उहाँ संस्थाका प्रबन्ध निर्देशक हुनुहुन्छ । उहाँले आफ्नो फार्ममा झण्डै पाँच सय गाई पालुनुभएको छ । फोकस नेपालले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारी पौडेललाई सम्मान गरेको हो । पौडेललाई वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले संस्थाको तर्फबाट सम्मान गर्नुभएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया