कप्तान ज्ञानेन्द्रको अर्धशतक

२६ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा ओमानविरुद्ध नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएका छन्। नेपालका कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा अर्धशतक बनाएका हुन्। उनले यो क्रममा ६ चौका र १ छक्का प्रहार गरे।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले तेस्रो विकेटको रुपमा उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई शुन्य रनमा गुमाएको थियो। दीपेन्द्र शनिबार भएको अमेरिकाविरुद्धको खेलमा पनि शुन्य रनमै आउट भएका थिए। ओमानविरुद्ध पहिलो खेलमा भने दीपेन्द्रले ३६ रन बनाएका थिए। यसअघि नेपालले २२.१ ओभरमा १ विकेटको क्षतिमा सय रन पूरा गरेको थियो।

तर लगतै पारस खड्का ३८ रनमा आउट भएका थिए। त्यसपछि ब्याटिङमा आएका दीपेन्द्र शुन्य रनमै आउट भए। यसअघि सुवास खकुरेलले २२ रन बनाएर आउट भएका थिए। अहिले नेपालको २६ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा १२३ रन भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया