नियमितरुपमा पालुङ्गोको साग खानाले स्मरणशक्ति बढ्छ

२६ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


हाम्रो खेतबारीमा पाइने पालुङ्गोको साग तरकारी खानमा मात्र स्वादिलो हुँदैन यो स्वास्थ्यका लागि समेत लाभदायी हुन्छ । यसको सेवनले शरीरमा रगतको कमी भएकाहरुका लागि मात्र यो हितकारी हुन्छ भन्ने धेरैलाई थाहा छ तर यसका अन्य औषधीय गुणको बारेमा भने कमैलाई थाहा होला ।पालुङ्गोको सागमा अन्य धेरै पौष्टिक तत्वहरु पाइन्छन् जुन शरीरलाई अत्यावश्यक हुन्छ । १ सय ग्राम पालुङ्गोको सागमा २६ किलो क्यालरी उर्जा पाइन्छ । पालुङ्गोको सागमा २ प्रतिशत प्रोटिन, २.९ प्रतिशत कार्बोहाइड्रेड, पाइन्छ । त्यस्तै जम्मा ०.७ प्रतिशत चिल्लोपना, ०.७ प्रतिशत लवण तथा ०.६ प्रतिशत फाइबर पाइन्छ । पालुङ्गोको सागमा क्याल्सियम, फलाम मात्र होइन भिटामिन ए, बी, सी जस्ता विभिन्न भिटामिन समेत पाइन्छ ।

त्यसैले पालुङ्गोलाई जिऊको संरक्षक खाद्य पदार्थ समेत भनिन्छ । पालुङ्गोको सागको रसलाई नियमित रुपमा नरिवल पानीमा मिलाएर हरेक विहान पिउनाले मिर्गौलामा परेको पत्थरी हटाउन मद्धत पुग्छ ।पालुङ्गोको सागको रसमा सिधेनुन मिलाएर नियमित पिउनाले दम तथा स्वास प्रस्वासका रोगीलाई फाइदा पुग्छ ।नियमितरुपमा पालुङ्गोको साग खानाले कारण स्मरणशक्ति बढ्ने र आयोडिनका कारण दिमागी थकान समेत कम हुन्छ । जण्डिसका रोगीले पालुङ्गोको साथ काँचै चपाउनु समेत निकै फाइदाजनक हुन्छ । रक्तचाप कम हुने समस्या भएकाहरुले दिनहुँ पालुङ्गोको साग सेवन गर्नुपर्छ । थाइराइडको समस्या भएका ब्यक्तिहरुका लागि समेत पालुङ्गोको सागको सेवनले फाइदा गर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया